back

तेक्वान्दोमा आयशासहित तीन छनोट

Kumari bank ad
काठमाडौं- रजत पदक लक्ष्य राखेको नेपाली भलिबलले २५ वर्षपछि विदेशी प्रशिक्षकको नेतृत्वमा सागको तयारी गरिरहेको छ। चीनका रोङले भारत, पाकिस्तान र श्रीलंकामा भएको सागमा भलिबल टोलीलाई प्रशिक्षण गराएका थिए। अहिले इरानी प्रशिक्षक हामिद मोभाहिदीको नेपाली टोलीको जिम्मेवारी लिएका छन।
आइतबारदेखी हामिदको नेतृत्वमा नेपालले साग तयारी सुरु गरिसकेको छ। भलिबलबाट सागमा छोटो समयमा ठुलो आसा गरिएको छ। तर तयारी भने फितलो देखिन्छ।

१२औं दक्षिण एसियाली खेलकुद (साग) नजिकिदै गर्दा महिला तथा पुरुष टोलीको सहायक प्रशिक्षकको अझै टुङगो लागेको छैन।

दैनिक रुपमा हामिद र सुदेश कुमार रिमालले पुरुष तथा महिला टोलीलाई प्रशिक्षण गराउँदै आएका छन। दुबै टोलीको सहायक प्रशिक्षक अझै निश्चित हुन नसकेको छैन।

फितलो ब्यवस्थापनका बिच प्रशिक्षक हामिदसामु पुरानो साखलाई जोगाउने चुनौति छ।

इरान एसियाली स्तरमा सफल प्रशिक्षक हुन्। उनले इरानी पुरुष टोलीलाई दुइ पटक एसिया च्याम्पियन बनाईसकेको छन। उनको नेतृत्वमा जुनियर टोलीले एसियाको उपाधि जितिसकेको छ।

पहिलो दिनको प्रशिक्षणमै हामिदले खेलाडीको खेल्ने शैलीबाट आफु प्रभावित भएको बताएका थिए। तर समय कम भएका कारण ठुलो लक्ष्य राख्न नसकिने उनले बताए। उनले भने, ‘समय कम छ। तर जति छ त्यसमा योजना बनाएर काम गर्छु।’

उनले थपे, ‘मैले भारत, पाकिस्तान, श्रीलंकाको खेल हेरेको छु। उनीहरु भन्दा हामी नेपाल धेरै कमजोर छ जस्तो लाग्दैन। तर म तपाईलाई विश्वास दिलाउन चाहन्छु मैले ६ महिना टोली हेर्ने पाएको भए स्वर्ण जिताउने प्रयास गर्थे।’

सागअघि मैत्रीपुर्ण खेलको व्यवस्था मिलाउन सके टोलीले थप राम्रो नतिजा दिने प्रशिक्षक हामिदले बताए।

सागमा पुरुष भलिबल टोलीले अहिले सम्म पदक जित्न सकेको छैन।

महिला भलिबलमा भने नेपाल पदक बिहिन हुनु परेको छैन।

काठमाडौंमा (सन् १९९९) भएको आठौं सागदेखी भहिला भलिबल समावेश गरिएको हो। त्यतिबेला घरेलु कोर्टमा नेपालले कास्य पदक जितेको थियो। जुन भलिबलमा नेपालले जितेको पहिलो पदक हो। त्यसपछि श्रीलंकामा २००६ मा दशौं साग हुँदा महिला टोलीले कास्य हात पार्यौं ।

एक वर्ष अघि काठमाडौंमा प्रथम दक्षिण एसियाली आमन्त्रित महिला भलिबल च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हराउँदै रजत जितेको थियो। जुन पदक नेपालले जितेको अहिले सम्मकै ठुलो पदक हो।

सागमा त्यहि रजत पदकलाई दोहोर्याकउने लक्ष्य लिएको भलिबलको तयारीमा राजनितिक हस्ताक्षेप भएको बताउँछन संघकै पदाधिकारी।

नेपाल भलिबल संघकी कोषाध्यक्ष निरोज मास्केले भनिन, ‘विदेशी प्रशिक्षक ल्याएरमात्र हुदैन। उसलाई सहयोग गर्ने क्षमतावान सहयोगी प्रशिक्षक चाहिन्छन। तर राष्ट्रिय खेलकुद परिषदले क्षमतावान भन्दा पनि आफनो नजिककालाई प्रशिक्षक बनाउन खोज्दा तयारीमा असर पर्यौंा।’

दशौं साग र एक वर्ष अघि काठमाडौंमा महिला टोलीले रजत जित्दा सुदेश कुमार रिमाल प्रशिक्षक थिए। रिमाल अहिले भलिबलको मुख्य प्रशिक्षक हुन्। आफनो स्तरलाई जोगाइराख्नु नसक्नु नेपाली टोलीको कमजोरी भएको रिमालको बुझाइ छ। पुरुष टोलीको स्तर बढनु नसक्नु अर्को चुनौति भएको उनले बताए। रिमालका अनुसार सन् १९८७ तिर नेपाली पुरुष टोलीले श्रीलंकालाई सहजै हराउँथ्यौं। तर अहिले नेपाल श्रीलंकासँग हरेक सागमा पराजित हुदै आएको छ। रिमाल भन्छन, ‘हाम्रो अन्तराष्ट्रिय सहभागिता नै कम छ। हामी भन्दा कमजोर टोलीको स्तर धेरै माथि पुगिसक्यौं तर हामी त्यहिँ छौं।’ उनले थपे, ‘दक्षिण एसियामा प्राय सबै टोलीको स्तर उही हो। तर कसले कत्ति तयारी गरेको छ, अनुभव कस्तो छ त्यसले नतिजामा प्रभाव पार्छ।’

पदक जित्ने बढी सम्भावना भएको महिला टोलीको तयारी सन्तोष जनक हुन नसकेको उनी बताउँछन। रिमालले भने, ‘एक वर्ष अघि हामीसँग हारेपछि श्रीलंकाले सागलाई केन्द्रित गरेर तयारी सुरु गरेको थियौं। तर हामीले एउटा अन्तराष्ट्रिय खेल पनि खेल्न सकेनौं। त्यहि लयलाई निरन्तरता दिन सकेको भए सागमा रजत जित्ने सभ्भावना बलियो हुने थियौं।’

साग खेल्ने महिला टोलीमा सेटर कृपा अधिकारी र स्पाइकर मनिष चौधरी बाहेक अन्य सबै अनुभवी खेलाडी हुन्। अहिले महिला टोलीमा एक वर्ष अघि डेब्यु गरेकी स्पाइकर प्रतिभा माली, सरस्वती चौधरी, नेबिका चौधरी, रेश्मा भण्डारी जस्ता स्पाइकर राम्रो लयमा छन।

इरानी प्रशिक्षकको नेतृत्वमा नेपालले थप राम्रो गर्ने रिमालको विश्वास छ। उनले भने, ‘इरान एसिया च्याम्पियन भैसकेको टोली हो। प्रशिक्षक हामिद खेलाडी भन्दा प्रशिक्षणमा राम्रो मानिन्छन। उनले नेतृत्वमा पक्कै पनि टोलीको स्तर बढनेछ।’

इरानी प्रशिक्षक हामिद इन्टरनेशनल भलिबल फेडेरेशनका इन्स्ट्रक्टर पनि हुन्। उनले यसअघि नेदरल्यान्ड, लेबनान टोलीलाई प्रशिक्षण गराईसकेको छन।

इरानी भलिबलको सहयोगमा उनी नेपाल आएका हुन्। प्रशिक्षक हामिदको योजना पनि नेपाल बसाईलाई ऐतिहासिक बनाउने छन। उनी भन्छन, ‘भलिबल समन्वयको खेल हो। सबैको मेहनत चाहिन्छ। नेपाली भलिबलको बारेमा केहि थाहा छैन। पहिलो दिनको खेल हेर्दा खेलाडी फुर्तिलो छन। जति समय छ त्यसबाट पदक जित्ने कोसिस गर्नेछौं।’

वि.सं.२०७२ पुस २१ मंगलवार २१:५५ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...