back

आयल निगमका कार्यकारी निर्देशकलाई अख्तियारको २४ घन्टे पत्र

Nepal Bank

माघ ७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्याप्त इन्धन मौज्दात भए पनि उपभोक्तालाई वितरण नगरेको भन्दै २४ घन्टाभित्र उपस्थित हुन आपूर्ति सचिव र नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई पत्र काटेको छ ।

आयोगले मङ्गलवार आपूर्ति सचिव विष्णुप्रसाद लम्साल र निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पत्र काटेर उपस्थित हुन आग्रह गरेको हो । आयोगका अनुसार निगमको थानकोट डिपो प्रमुख जगन्नाथ घिमिरेलाई पनि उपस्थित हुन भनिएको छ । निगमको मुलुकभरका भण्डारण स्थलमा दुई करोड २० लाख लिटरभन्दा बढी इन्धन मौज्दात रहे पनि उपभोक्तालाई वितरण गरेको छैन । पर्याप्त मौज्दात रहे पनि किन इन्धन वितरण नभएको हो, भण्डारण मात्रै गरिराख्नुको कारण के हो भन्दै बुधबार बिहान उपस्थित हुन पत्र काटिएको आयोगले बताएको छ ।

पछिल्लो दिनमा रक्सौल नाकाबाहेक अन्य नाकाबाट पर्याप्त मात्रामा इन्धन भित्रिए पनि निगमले इन्धन वितरण गरेको छैन । तोकिएका केही पेट्रोल पम्पलाई मात्रै सीमित परिणाममा इन्धन दिएको छ । पर्याप्त मौज्दात रहँदा उपभोक्ताले राहत महसुस गर्ने गरी इन्धन वितरण हुनुपर्नेमा ध्यानाकर्षण गराउँदै किन त्यस्तो गरिएको हो भन्ने जवाफ दिन बोलाइएको आयोगले बताएको छ । आयोगले आवश्यक कागजातसहित उपस्थित हुन तीनै जनालाई निर्देशन दिएको हो ।

वि.सं.२०७२ माघ ७ बिहीवार १४:०२ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...