काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ५० हजार ५ सय रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला २ सय ५० रुपैयाँले महँगिएर तोलाको ५० हजार १ सय ५० पुगेको छापावाल सुनको भाउ बिहीबार ३ सय ५० ले महँगिएर ५० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तेजाबी सुन प्रतितोला ५० हजार २ सय ५० मा कारोबार भइरहेको छ।
वि.सं.२०७२ माघ ८ शुक्रवार ०८:५८ मा प्रकाशित