back

चपेटी र कोलडाँडा : आन्तरीक पर्यटनको नयाँ गन्तव्य

Kumari bank ad

झापा ।  विकास निर्माणले पनि पर्यटन प्रवद्धनमा सहयोग पुग्छ भन्ने उदाहरण बनेको छ, इलाम र झापाको सिमावर्ती क्षेत्र चपेटी ।

झापाको दमकबाट उत्तर तर्फ पर्ने इलामको चुलाचुली ९ मा रहेको चपेटी र सँगैको कोलडाँडा गत वर्ष झोलुङ्गे पुल निर्माण भए पछि झापा र मोरङ्को आकर्षक पर्यटकिय गन्तव्य बनेको छ । दमक चौकबाट करीब १० किलोमिटर दुरीमा पर्ने रवि तर्फ जाने बाटो नजिकै रतुवा खोला आसपासको क्षेत्रमा पर्ने ति ठाउँमा रहेको प्राकृतिक सौन्दर्यता, झोलुङगे पुल र शान्त वातारवरणका कारण त्यहाँ आन्तरिक पर्यटकहरु जान थालेका हुन् ।

बेलडाँगी हुँदै जाने सो क्षेत्रमा जादाँ भुटानी शरणार्थी शिविर र नजिकै रहेको किरात महागुरु तथा राष्ट्रबिभूती फाल्गुनन्दको शालिकसहितको धार्मिक माङहीम अर्थात मन्दीरहरु र त्यस क्षेत्रमा रहेका परम्परागत शैलीका काठका घरहरुले त्यहाँ जाने पर्यटकको ध्यान खिचिरहेको छ ।

चुलाचुलीका स्थानीयबासी राजेन्द्र केरुङ्ले दिनप्रतिदिन हिउँद लागेसंगै त्यहाँ डेटिङ जाने युवायुवतीका साथै , शैक्षिक भ्रमण र वनभोजका लागि जाने मानिसहरु बढिरहेका बताए । उनले पर्यटकहरुको त्यस ठाउँमा बढ्दो आकर्षणले आफुहरुलाई समेत उत्साहित बनाएको बताउँदै त्यस क्षेत्रमा सुविधा युक्त रिसोर्ट तथा रेष्टुरेन्ट व्यवसायको सम्भावना समेत बढेको बताए । दमक, गौरादह, उर्लाबारी, शरणामती, लगायतका ठाउँबाट त्यस क्षेत्रमा शैक्षिक भ्रमण र वनभोजका लागि दिनहुँ दुई – चार समुह बस, ट्याक्सी, कार मोटरसाइकल जस्ता निजी सवारी साधन लिएर पुग्ने गरेका छन् ।

दमकबाट छोटो दुरीमा रहेको र त्यहा नजिकै सम्म दमक रवि सडकको आशिंक खण्ड कालोपत्रे समेत भएका कारण सुविधा पुगेको हो । सो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिए दमकदेखी चुलाचुली सम्मको व्यवसायिक विकास हुने सम्भावना प्रवल रहेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाश प्रसाइँ बताउछन् । त्यहाँको प्राकृतिक सौन्दर्यता पहिलेदेखी भएपनि सडकको ठाउँ ठाउँमा आवश्यक खोला खोल्सीमा पुल तथा कल्भर्ट निर्माण गर्दै खाली क्षेत्र संरक्षण गर्न सके थप पर्यटक आकर्षित गर्न सकिने र यस क्षेत्रकै विकासले फड्को मार्ने दमक उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका दमक १ का घनेन्द्र सुब्बा बताउँछन् ।

यहाँ केही पूर्वाधार बनाउन सके दमकमा बढ्दो शहरीकरणमा थप टेवा पुग्ने र आरामदायी तथा शान्त र स्वच्छ वातावरण खोज्न अन्यत्र जानु नपर्ने दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव रोशन गौतम बताउँछन् ।

वि.सं.२०७२ माघ ८ शुक्रवार ०९:१४ मा प्रकाशित

You can share this post!

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

वि.सं.२०८० असोज १३ शनिवार २१:३६

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

वि.सं.२०८० असोज १३ शनिवार २१:२७

काठमाडौँ, १३ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

वि.सं.२०८० असोज १३ शनिवार २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...