
काठमाडौं। माछापुच्छ्रे बैंकले न्यून ब्याजदरमा विभिन्न कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले माछापुच्छ्रे बैंक सजिलो घर कर्जा, माछापुच्छ्रे बैंक सजिलो कार कर्जा र साना उद्यमी व्यवसायि कर्जामा आकर्षक योजना सार्वजनिक गरेको हो। यो योजना अन्र्तगत वार्षिक ७.५ प्रतिशतमा सजिलो घर कर्जा र सजिलो कार कर्जा उपलब्ध हुने बैंकले जनाएको छ।
यस्तै वार्षिक ८ प्रतिशत ब्याजदरमा साना उद्यमी व्यवसायि कर्जा उपलब्ध हुने बैंकले प्रेस विज्ञप्तीमार्फत जनाएको छ। बैकका अनुसार यी कर्जाको सेवा शुल्क ०.५ प्रतिशत रहने छ । यो योजना अन्र्तगतका ग्राहकहरुको कर्जा मात्र तीनदेखी पाँच दिनमा स्विकृत हुने बैंकले जनाएको छ । यो योजना दुई महिनाको लागि मात्र लागू हुनेछ ।
वि.सं.२०७२ माघ १३ बुधवार ०६:५४ मा प्रकाशित