back

६ महिनाभित्र पाइपलाइनबाट घर-घरमा ग्यास

काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेको मंगलबारको दैनिकी सधैंको भन्दा फरक थियो । भेटघाट, बैठक र फाइल सदर गरेर दिन बितउने उनी मंगलबार भने काठमाडौंका गल्ली र कुनातिर कुदेका देखिन्थे ।
उनी त्यसै कुदेका भने थिएनन् । मन्त्री पाण्डे जमिनमुनिको ग्यास खोज्न हिँडेका थिए । पाण्डे उपत्यकाका जमिनमुनिबाट ग्यास निकाल्न काम गरिएका प्लान्टको निरीक्षणमा निस्केका हुन् । विज्ञका अनुसार काठमाडौंमा १४ ठाउँमा यस्ता प्लान्ट निर्माण सुरु गरिएको छ ।
जापान सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण सुरु गरिएका ती प्लन्ट विभिन्न कारणले बीचैमा रोकिएका थिए । रोकिएको काम तुरुन्तै अगाडि बढाउन अघिल्लो महिना निर्देशन दिएकाले प्रगति विवरण हेर्न आफू निरीक्षणमा निस्केको मन्त्री पाण्डेले बताए । प्लन्टमा झार उम्रेको र खिया लागेको पाइएकाले तिनलाई फेरिएको थियो ।
ललितपुरको इमाडोलमा १ रोपनी क्षेत्रफलमा फैलिएको ग्यास प्लन्ट २०३८ सालदेखि निर्माण सुरु गरिए पनि हालसम्म सम्पन्न भएको छैन । अघिल्लो सातादेखि पुनः यो प्लान्टको निर्माण थालिएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्भुजितप्रसाद महतोले बताए ।
उनका अनुसार यो ग्यास प्लान्टबाट कति ग्यास आउँछ भन्ने अध्ययन गर्न एक महिना समय लाग्छ । अध्ययनपछि मात्रै कति घरपरिवारलाई दिन सकिन्छ, त्यसैअनुसारको वितरणप्रणाली बनाइनुपर्नेमा जोड दिँदै उनले भने, ‘ग्यास वितरणका लागि आवश्यक पर्ने पाइप जमिनमुनि गाडेर उपभोक्ताको घरसम्म पु्‍याइनेछ ।
मन्त्री पाण्डेले यो प्लान्टबाट राम्ररी ग्यास निस्किए ६ महिनाभित्र उपभोक्तामा पुर्‍याउन सकिने जनाए । निरीक्षणका क्रममा काठमाडौंको टेकुमा भने ग्यास बुलेट नै रहेको पाइएको थियो । बुलेटको ग्यास पाइपमार्फत वितरण गरिएको थियो । यो ग्यास सेनाको ब्यारेक, टेकु अस्पताल र भेटनरी विभागमा वितरण गरिएको थियो ।
तर २०५२ सालमा जमिनमुनि राखिएको पाइपमा समस्या देखिएपछि बन्द भएको थियो । टेकुकै फोहोरमैला विभाग पछाडि रहेको प्लान्ट निर्माण स्थलमा पानी उम्लिएको थियो । खानी विभागका कर्मचारीले मिनरल वाटरको बोतल काटी आगो बालेरै देखाएका थिए ।
उद्योगमन्त्री पाण्डेले जमिनमुनिको ग्यास निकालेर र पुराना प्लान्ट मर्मत गरी उपभोक्तालाई वितरण गरिने बताए ।उनका अनुसार दैलेखमा भेटिएको ग्यास भने सिल्डिरमा भर्न मिल्ने खालको भएकाले त्यसको सम्भाव्यता अध्ययन भइरहेको छ । मन्त्री पाण्डेका अनुसार यी प्लान्टलाई पूर्ण सञ्चालनमा ल्याउँदा तीस हजार घरपरिवारलाई ५० वर्ष पुग्नेछ ।
बालकुमार नेपाल/ अन्नपुर्ण पोष्ट
प्रकाशित मिति २०७२/१०/१३

वि.सं.२०७२ माघ १३ बुधवार १८:२५ मा प्रकाशित

You can share this post!

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीबाट सडकमै हाजिर   

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीबाट सडकमै हाजिर   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४०

काठमाडौँ, ४ असोज : नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक...

१४.२ केजीभन्दा बढी तौलको ग्यास विक्री गरे कारबाही हुने

१४.२ केजीभन्दा बढी तौलको ग्यास विक्री गरे कारबाही हुने

वि.सं.२०८० असोज ४ बिहीवार १७:५३

काठमाडौं । नेपाल आयल निगमले १४.२ केजीभन्दा बढी क्षमताका ग्यास...

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् भारत निर्यात, प्रतियुनिट कति ?   

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् भारत निर्यात, प्रतियुनिट कति ?   

वि.सं.२०८० असोज ४ बिहीवार १७:४४

काठमाडौँ, ४ असोज : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको...

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय   

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय   

वि.सं.२०८० असोज ४ बिहीवार १७:३२

अशोक घिमिरे काठमाडौँ, ४ असोज : सरकारले श्रम आप्रवासनमा देखिएका...

आर्थिक सङ्कट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड   

आर्थिक सङ्कट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड   

वि.सं.२०८० असोज ४ बिहीवार १७:२७

काठमाडौँ, ४ असोज : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...