back
SKIP
prime bank ad

नाकाबन्दीको असर : बिलम्ब शुल्क ७ अर्ब नाघ्यो  

Kumari bank ad

काठमाण्डौं । भारतको अघोषित नाकाबन्दीका कारण कोलकाता बन्दरगाहामा रोकिएका ट्रक तथा कन्टेनर विलम्ब शुल्क ७ अर्ब रुपैयाँ नाघेको छ ।

blockade nepal

भारतको आघोषित नाकाबन्दी र तराईमा जारी आन्दोलनका कारण ती रोकिएका हुन् ।  कोलकातामा अडकिएर बसेका कन्टेनर तेस्रो मुलुकबाट तथा भारतबाटै सामान आयात गर्न लोड गरिए हुन् । कन्टेनरसहित सामान अडकएकाले सिपिङ कम्पनीले जरिवाना शुल्क लिने व्यवस्था छ । सिपिङ कम्पनीले सामान लोड गरिसकेपछि १५ दिनभित्र कन्टेनर फिर्ता गर्नुपर्ने व्यवस्था गरेका छन् । कुनै कुनै सिपिङ कम्पनीहरूले यो अवधि २५ र २८ दिनसम्म दिने गरेका छन् । उक्त अवधिमा कन्टेनर नफर्काए सिपिङ कम्पनीले दैनिक विलम्ब शुल्कस्वरूप जरिवाना लिने गरेका छन् ।

छुट तथा जरिबाना शुल्कबारे अध्ययन गर्न उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा नेपाली व्यवसायीहरू गत साता कोलकाता गएका थिए । उनीहरू सिपिङ कम्पनीसँग बैठक बसी फर्किएका हुन् । टोलीले दिन प्रतिदिन विलम्ब शुल्क बढ्न गई हालसम्म ७ अर्ब रुपैयाँ पुगेको अनुमान गरेको हो ।

शुल्क छुट गराउन कोलकाता पुगेर फर्किएको व्यावसायिक टोलीले उक्त रकम दिन प्रतिदिन बढदै गएकाले सामान आयात गर्नसमेत नसकिएको जनाएको छ ।

कान्तिपुर/ प्रकाशित: माघ १४, २०७२

वि.सं.२०७२ माघ १४ बिहीवार ११:२४ मा प्रकाशित

You can share this post!

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य   

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य   

वि.सं.२०८० असोज ११ बिहीवार २०:५०

गण्डकी, ११ असोज : गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको...

भोली शुक्रबार सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय

भोली शुक्रबार सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय

वि.सं.२०८० असोज ११ बिहीवार २०:४६

विराटनगर, ११ असोज । कोशी प्रदेश सरकारले भोली असोज १२...

चार महिनापछि सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने तयारी   

चार महिनापछि सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने तयारी   

वि.सं.२०८० असोज ११ बिहीवार २०:३७

कटारी (उदयपुर), ११ असोज : उदयपुरको कटारी–८ स्थित आहालेको खानीबाट...

विद्यार्थीमा स्क्रब टाइफस देखिएपछि दुई दिन  विद्यालय बन्द   

विद्यार्थीमा स्क्रब टाइफस देखिएपछि दुई दिन विद्यालय बन्द   

वि.सं.२०८० असोज ११ बिहीवार २०:२६

वालिङ (स्याङ्जा), ११ असोज : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको...

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

वि.सं.२०८० असोज ११ बिहीवार २०:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मी जिल्लाकोे मुसीकोट नगरपालिका...

नेपाली युवा प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

नेपाली युवा प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

वि.सं.२०८० असोज ११ बिहीवार २०:१५

काठमाडौं । नेपाली युवा प्रज्वल ताम्राकारलाई १५औं मिस्टर इन्टरनेशनल २०२३...