
काठमाडौं । नेपाल विजुली पेण्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन (क्वुपेक)को प्रथम राष्ट्रिय युवा भेलाले रेखा भुजेलको अध्यक्षतामा १३ जना को कार्यसमिति चयन गरेको छ । उपाध्यक्षामा लाहानु चाैधरी, सचिबमा ऋषिराम नेपाली सहसचिव शेरबहादुर रोक्कालाइ चयन गरिएको छ ।
सरकार बाट ल्याएको पुननिर्माणको साथै सामाजिक सुरक्षा, सबै श्रमिकको बीमा, उचित ज्याला-मर्यादित कामलगायतको प्रस्ताब पारित गर्दै सम्मेलन सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफण्टका अध्यक्ष एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मजदुरहरुको हक हितका लागि सामाजिक सुरक्षा, श्रम ऐन एक महिना भित्र ल्याउने बताएका छन् । ऐनको कार्यान्वयन पस्चात जागिर खाएकै मितिदेखि स्थायी हने व्यवस्था मिलाउने रिमालले बताए ।
नेपाल विजुली पेण्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन (क्वुपेक)को प्रथम राष्ट्रिय युवा भेलाको उद्घाटन गर्दै सल्लाहकार रिमालले युवाहरुलाई नेतृत्व लिन उत्साहित गर्दै सल्लाहकार रिमालले भने राज्यको हरेक निकायमा श्रमिकको उपस्थितिको लागी संठन अझ सुदृढ बनाउनु पर्छ । त्यसका लागी युवाहरु तयार हनु पर्ने रिमालको धारणा थियो ।
काठमाडौंका कमलादीस्थित प्रज्ञा भवनमा विहिबार अन्तराष्ट्रिय ट्रेडयुनियन कमिटीको मापदण्ड अनुसार देश भरका ३० वर्ष मुनिका १५० युवाहरु सम्मेलनमा सहभागी रहेको यनिट्राभका महासचिव सुमन पराजुलीले जानकारी दिए । कार्यक्रममा जिफन्टका सचिब दिपक पौडेल नरनाथ लुइँटेल, दामोदर सापकोटा, बि डब्लु आइ साउथ एसियाका शिक्षा प्रमुख अनुप श्रिबास्तवको उपस्थिति थियो ।
सम्मेलनले
प्रकाशित मिति : २०७२/१०/१४/बिहीबार ११:५२
वि.सं.२०७२ माघ १४ बिहीवार ११:५६ मा प्रकाशित