back

कामको खोजीमा हुनुहुन्छ ? जागिर खुलेको छ है

यो हप्ता विभिन्न क्षेत्रमा खुलेका आवश्यकताहरु जहाँ तपाई आफ्नो क्षमता अनुसार जागिर खान स्कुनहुनेछ । आफूलाई सुहाउने पदमा आजै आवेदन दिनुहोस् र काम गर्न थाल्नुहोस् ।

एकाउण्टिङ र फाइनान्सस्

काठमाण्डौको यूरो किड्स स्कूलले लेखापालमा आवेदन मागेको छ, यो पदमा आवेदन दिन अब ४ दिन मात्र बाँकी छ । यसैगरी, डिभी ग्रुप अफ कम्पनीले एक वरिष्ठ लेखापाल र केही सहायक लेखापालमा आवेदन मागेको छ, यो पदमा आवेदन दिन अब ७ दिन मात्र बाँकी छ ।

इलेक्ट्रा मोटर्सले पनि केही लेखापालका लागि आवेदन खुल्ला गरेको छ । ‘साथी नेपाल’ नामको संस्थाले फाइनान्स अफिसरमा आवेदन खुल्ला गरेको छ । यो पदमा आवेदन दिन अब ९ दिन मात्र बाँकी छ । आवेदन दिन ५ दिन मात्र बाँकी रहेको जुनियर एकाउण्टेन्टको जागिर काठमाण्डौको घिमिरे ग्रुपमा खुलेको छ । लुम्बिनी विद्युत उद्योगमा खुलेको लेखा अधिकृतमा आवेदन दिन अब १ दिन मात्र बाँकी छ । इन्ट्रेपीड नेपालमा लेखापालको जागिर खुलेको छ, यसका लागि आवेदन दिन पनि अब १ दिन मात्र बाँकी छ ।

सफ्टेक फाउण्डेसन प्रालिले लेखापालका लागि आवेदन मागेको छ, यो पदमा आवेदन दिने समय अब ६ दिन मात्र बाँकी छ । लेजर इन्फोटेक नेपाल प्रालिमा खुलेको लेखाअधिकृतमा आवेदन दिन अब २ दिन मात्र बाँकी छ । डिस मिडिया नेटवर्कमा समेत लेखा सहायक माग गरिएको छ, यो पदमा ७ दिनभित्रमा जागिरका लागि निवेदन दिन सकिनेछ । स्टेलियन इन्टरनेशनलले वरिष्ठ लेखापालका लागि आवेदन खुल्ला गरेको छ, यसमा आवेदन दिने समय अब९बिहीबारदेखि० ५ दिन बाँकी छ ।

यूनाइटेड वल्र्ड स्कूल काठमाण्डौले फाइनान्स र प्रशासन अधिकृतमा जागिर खुलाएको छ, सम्बन्धित बिषयमा स्नातकोत्तर गरेकाले यो पदमा अबको ४ दिनभित्रमा निवेदन दिन सक्नेछन । वर्मा इन्टरप्राइजेजले लेखा अधिकृतमा आवेदन माग गरेको छ, यसका लागि समय अब एकदिन मात्र बाँकी छ ।

निम्बस कम्पनीले सहायक लेखापाल मागेको छ भने नेपाल नेत्रज्योति संघले प्रमुख बित्त अधिकृतमा जागिर खुलाएको छ । यी दुवै पदमा आवेदन दिने समय अब एकसाता मात्र बाँकी छ । सिताराम गोकुल मिल्क्स काठमाण्डौ लिमीटेडले क्यासियरमा जागिर खुलाएको छ भने स्वदेशी लघुबित्त बित्तीय संस्था लिमीटेडले चार्टर्ड एकाउण्टेन्टमा जागिर खुलाएको छ ।

यी दुवै पदमा आवेदन दिने समय अब २ दिन मात्र बाँकी छ । फेवा बिकास बैंक लिमीटेडले केही चाटर्ड एकाउण्टेन्ट मागेको छ, यो पदमा आवेदन दिने समय अझै ३१ दिन बाँकी छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले फाइनान्सियल मेनेजमेन्ट अफिसर माग गरेको छ, यो पदमा आवेदन दिने समय अब एकदिन बाँकी छ ।

बिमा तथा बित्त कम्पनी तर्फ

फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले प्रमुख कार्यकारी अधिकृतमा आवेदन खुल्ला गरेको छ । यो पदमा सम्बन्धित बिषयमा स्नातकोत्तर गरेकाले फेब्रुअरी ५ भन्दा अघि नै आवेदन दिइसक्नुपर्नेछ । यसैगरी, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले सहायक अधिकृतका लागि आवेदन मागेको छ । सम्बन्धित बिषयमा स्नातक गरेकाले यो पदमा फेब्रुअरी ३ अघि नै आवेदन दिइसक्नुपर्नेछ ।

काठमाण्डौको बौद्धमा अवस्थित किमाथांका बचत तथा ऋण सहकारी संस्थालाई स्नातक गरेको कार्यालय सहायक चाहिएको छ, यो पदमा आवेदन दिनेले अबको सात दिनभित्रमा सम्पर्क गरिसक्नुपर्नेछ ।

ललितपुरको कुमारीपाटीमा रहेको स्टार बचत तथा ऋण सहकारी संस्थाले बजार अधिकृतको जागिर खुलाएको छ । व्यवस्थापनमा स्नातक गरेकाले २ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ । यो संस्थामा कार्यालय इञ्चार्जको समेत जागिर खुलेको छ ।

ललितपुरको लगनखेलमा अवस्थित मेगा बहुउद्देश्यीय सहकारी संस्थाले संचालन तथा बजार अधिकृतमा आवेदन मागेको छ । यो संस्थाले क्रेडिट र लोन अफिसरमा समेत आवेदन मागेको छ । दुवै पदमा सम्बन्धित बिषयमा स्नातक गरेकाले आवेदन दिन सक्ने बताइएको छ ।

मानव संसाधन तथा संस्थागत विकासतर्फ

काठमाण्डौको ¥यापिड वेब सोलुसनले एचआर अफिसरका लागि जागिर खुलाएको छ । सम्बन्धित बिषयमा स्नातकोत्तर गरेकाले ४ दिनभित्रमा यो पदका लागि आवेदन दिन सक्नेछन् ।

सीताराम दूध उत्पादन गर्दै आएको सीताराम गोकुल मिल्क्स काठमाण्डौ लिमीटेडले मिल्क प्रोक्यूरमेन्ट अफिसरका लागि खुलाएको जागिरमा आवेदन दिने समय अब एक दिन मात्र बाँकी छ । यही संस्थामा मिल्क प्रोक्यूरमेन्ट म्यानेजरको पोस्टमा समेत जागिर खुलेको छ । सिएमएस इञ्जिनियरिङ कन्ल्सट प्रालिले बिजिनेश डेभलपमेन्ट म्यानेजरमा जागिर खुलाएको छ, यो पदका लागि आवेदन दिन समय पनि अब एक दिन मात्र बाँकी छ ।

मार्केटिङ, एडभरटाइजिङ र कस्टमर सर्भिसतर्फ

सीताराम गोकुल मिल्क्स काठमाण्डौ लिमीटेडले मार्केटिङ अफिसरका लागि माग गरेको आवेदन भर्ने समय अब एकदिन मात्र बाँकी छ । यसैगरी, किमाथाङ्का बचत तथा ऋण सहकारी संस्थाले समेत केही बजार प्रतिनिधिका लागि आवेदन मागेको छ, प्लस टु गरेका योग्य उम्मेद्वारले ७ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।

ए प्लस बिजिनेश लिंक प्रालिले काठमाण्डौका लागि बजार अधिकृत र प्रतिनिधि गरी १० जनालाई जागिर दिने घोषणा गर्दै आवेदन मागेको छ । यी दुवै पदमा आवेदन दिन चाहनेले जनवरी २९ सम्ममा सम्पर्क गरिसक्नुपर्नेछ । सिप्रदी ट्रेडिङको एक डिलर सशीला मोटर्सले सेल्स अफिसर र फ्रन्ट डेस्क अफिसरको पदमा जागिर खुलाएको छ । इच्छुकले २९ जनवरीभित्रमा सम्पर्क राखिसक्नुपर्ने संस्थाले जनाएको छ ।

थाइरोकेयर इण्डियासँगको सहकार्यमा नेपालमा संचालित एलजी थाइरो केयर नेपाल प्रालिले मार्केटिङ कम एकाउण्ट्स एक्जेक्यूटिभ पदमा आवेदन मागेको छ । यो पदमा आज९बिहीबार०को ५ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

माघ १४, २०७२

वि.सं.२०७२ माघ १४ बिहीवार १३:०३ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...