back
SKIP
prime bank ad

लोडसेडिङ घटाउन भारतबाट २०० मेगावाट ल्याइने

Kumari bank ad

काठमाडौँ । सरकारले लोडसेडिङ घटाउन अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट २ सय मेगावाट विद्युत् आयात गर्ने भएको छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समितिको शुक्रबार सम्पन्न बैठकमा भारतीय पक्ष उक्त प्रसारण लाइनबाट थप २ सय मेगावाट बिजुली दिन सहमत भएको हो ।

ऊर्जा मन्त्रालयका सचिव सुमन शर्मा र भारतीय ऊर्जा सचिव पीके पुजारी नेतृत्वमा भएको बैठकमा नेपालको लोडसेडिङ घटाउन दुई देशबीचका प्रसारण लाइन नाकाबाट नेपाललाई आवश्यकता अनुसार थप बिजुली दिन भारत सहमत भएको हो । भारतबाट आयात गर्ने बिजुलीको प्रतियुनिट मूल्य ९ रुपैयाँ हाराहारी पर्छ । शर्माका अनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट भारतले फेब्रुअरी १६ अर्थात् फागुन ४ देखि थप ८० मेगावाट बिजुली दिन थाल्नेछ । त्यसबाट मुलुकको लोडसेडिङ दैनिक २ घण्टासम्म घट्ने अनुमान ऊर्जा अधिकारीको छ ।

ढल्केबर–मुजफ्फरपुरको अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फ सय केभीएको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ, जुन दुई साताभित्रै बन्ने शर्माले बताए । अन्तरदेशीय प्रसारण लाइनमा नेपालले आफ्नोतर्फ तत्काल २ सय केभीए सबस्टेसन पनि निर्माण गर्नेछ, जुन ७/८ महिनामै बनिसक्ने अनुमान छ ।

उक्त ठूलो क्षमताको सबस्टेसन बनिसकेपछि नेपालले २ सय मेगावाट बिजुली आयात गर्नेछ । त्यसपछि मुलुकमा वर्षायाममा लोडसेडिङ एकाध घण्टामात्र हुने र हिउँदमा समेत १० घन्टाभन्दा बढी नहुने प्राधिकरणका अधिकारीहरूको भनाइ छ ।

मुलुकमा विद्युतको माग १३ सय मेगावाट हाराहारीमा छ । वर्षायाममा जलविद्युत् आयोजनाहरूबाट ७ सय ५९ मेगावाट उत्पादन हुन्छ । दुई सय मेगावाट थपिएपछि भारतबाट आयात हुने बिजुली ४ सय ३५ मेगावाट पुग्नेछ । मुलुकको मागअनुसार विद्युत् आयात गर्न ढल्केबरमा सबस्टेसनको क्षमता बढाउँदै लगिने जानकारी ऊर्जाका अधिकारीले दिए ।

नेपाल र भारतबीच उक्त पहिलो अन्तरदेशीय प्रसारण लाइनको क्षमता बढाउँदै जाने र सन् २०१७ डिसेम्बरभित्रै पूर्ण क्षमतामा सञ्चालन गर्न बाँकी निर्माण अघि बढाउने सहमतिसमेत भएको जानकारी ऊर्जा सचिव शर्माले दिए । उक्त प्रसारण लाइनबाट हजार मेगावाट विद्युत् आयात/निर्यात गर्न सकिन्छ । नेपालतर्फ बनिरहेको सबस्टेसनको क्षमता नै कम भएकाले मागअनुसार भारतबाट बिजुली आयात गर्न नसकिएको हो ।

ऊर्जा सचिवस्तरीय बैठकले कटैया–कुशाहा र रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइन क्षमता १० महिनाभित्र बढाउने विषयमा समेत सहमति गरेको छ । यी दुवै प्रसारण लाइनको क्षमता अहिले १३२ केभी छ । क्षमता बढाएपछि थप सय मेगावाट आयात गर्न सकिनेछ । बैठकले दुवै प्रसारण लाइनको क्षमता विस्तार २०१६ सेप्टेम्बरभित्रै सक्ने निर्णय गरेको छ ।

बैठकले नेपाल र भारतबीच विद्युत् व्यापार गर्न ढल्केबारबाहेक थप ४ मुख्य नाका पहिचान गरेको छ– दुहवी, लम्की, अत्तरिया र कोहलपुर । यी प्रसारण लाइनमा बढी क्षमताको कन्डक्टर फेर्ने र सबस्टेसन क्षमता बढाउने सहमतिसमेत भएको छ । क्षमता बढाएपछि ती प्रसारण लाइनको क्षमता ४ सय केभीे हुनेछन् । यी नाकाको क्षमता बढाउने काम दुई वर्षमा सक्ने र त्यहाँबाट ८ सय मेगावाट आयात/निर्यात गर्न सकिने शर्माले बताए ।

बैठकले प्राविधिक समितिलाई अन्तरदेशीय प्रसारण प्रणालीको सञ्चालनसम्बन्धी अध्ययनको समीक्षा गरी ६ महिनापछि नयाँदिल्लीमा हुने संयुक्त बैठकमा प्रस्तुत गर्न निर्देशन दिएको छ । नेपाल–भारतबीचको विद्युत् व्यापार सम्झौता (पीटीए) कार्यान्वयन गर्ने आधार तयार गर्न संयुक्त बैठक बसेको हो । बैठकमा भारतीय पक्ष नेपालमा उत्पादित बिजुलीलाई भारतीय बजारमा पहुँच दिन राजी भएको छ ।

नेपाली टोलीले नेपालको बिजुलीको भारतीय बजारमा सहज रूपमा बेच्न सक्ने व्यवस्था गर्न प्रस्ताव राखेको र भारतीय पक्षले आफ्नो देशको सरकारले छिट्टै कानुन बनाएर नेपाली बिजुलीलाई भारतीय बजारमा सहज पहुँच दिने प्रतिबद्धता व्यक्त गरेको शर्माले बताए । सन् २०१७ देखि नेपालमा वर्षायाममा मुलुकलाई आवश्यकताभन्दा बढी बिजुली उत्पादन हुनेछ । वर्षायाममा बढी भएको बिजुली भारतलाई बेच्ने र हिउँदमा भारतबाट आयात गर्ने योजना ऊर्जा मन्त्रालयको छ ।

कान्तिपुर/१६,माघ २०७२

वि.सं.२०७२ माघ १६ शनिवार १२:०५ मा प्रकाशित

You can share this post!

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

वि.सं.२०८० असोज १२ शुक्रवार १९:०१

काठमाडौँ, १२ असोज : नेपालको कुल सार्वजनिक ऋण रू २३...

सरकार र राहत शिक्षकबीच सहमति   

सरकार र राहत शिक्षकबीच सहमति   

वि.सं.२०८० असोज १२ शुक्रवार १८:५५

काठमाडौँ, १२ असोज : सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक...

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

वि.सं.२०८० असोज १२ शुक्रवार १६:१६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस...

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:५०

काठमाडौँ, १२ असोज : पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा...

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८० असोज १२ शुक्रवार १४:४२

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

वि.सं.२०८० असोज १२ शुक्रवार १४:२०

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ...