back

जागिरको खोजीमा हुनुहुन्छ ? सिटिजन्स बैंकले माग्यो ट्रेनी असिस्टेन्टदेखि अफिसरसम्म ६३ जना

काठमाडौं । सिटिजन्स बैंकले बैंकिङ करिअर सुरु गर्न चाहनेका लागि रोजगारीको अवसर खुलाएको छ। बैंकले ट्रेनी असिस्टेन्टदेखि जुनिअर असिस्टेन्टदेखि अफिसरसम्म ६३ जनाका लागि रोजागारीको अवसर खुला गरेको हो।

बैंकले सबैभन्दा धेरै ट्रेनी असिस्टेन्ट पदमा ४० जनाका लागि विज्ञापन खुला गरेको छ। बैंकले एक जना कानुन र सेयर शाखामा र बाँकी ३९ जना विभिन्न शाखाका लागि विज्ञापन आव्हान गरेको हो। यो पदमा आवेदन दिन चाहनेले कुनै अनुभव देखाउनु पर्दैन।

यस्तै म्यानेजमेन्ट ट्रेनी पदमा पाँच जनाका लागि विज्ञापन खुलाइएको छ। बैंकले सातजना सुपरभाइजर, १० जना अफिसर तथा जुनियर अफिसर पदमा विज्ञापन खुला गरेको हो। आइटी विभागमा एक जनाका लागि विज्ञापन खुला गरिएको छ।

सिटिजन्स बैंकमा काम गर्न चाहनेले आउँदो फेब्रुरी १२ सम्ममा आवेदन दिनुपर्छ। कम्प्युटर जानेको र नेपाली तथा अंग्रेजीमा दक्ष भएकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ।

१६ माघ २०७२

वि.सं.२०७२ माघ १६ शनिवार १२:२१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८० असोज ७ आइतवार १४:३७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...