
काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू-१९ विश्वकप त्रिकेटमा नेपालका लागि सन्दिप लामिछानेले हृयाट्रिक विकेट लिएका छन् । यो ह्याट्रिक संगै यू-१९ विश्वकपमा नेपालकालागि हृयाट्रिक लिने उनी पहिलो र एकमात्र नेपाली बलर बनेक छन् ।
बंगलादेशको फुतलाह मैदानमा आयरल्याण्डसँगको खेलमा लामिछानेले ३२ औं ओभरको अन्तिम ३ बलमा तीन जना आइरिस ब्याट्म्यानलाई आउट गर्दै ब्यक्तिगत हृयाट्रिक पूरा गरे । जारी विश्वकपको पहिलो हृयाट्रिक लामिछानेले लिएक हुन् ।
३१ दशमलव ४ ओभरमा उनले टकरलाई १५ रनमा दिपेन्द्र ऐरीद्वारा क्याचआउट गराए । त्यसपछिको बलमा डेनिसन ब्यक्तिगत २१ रनमा विकेटकिपर राजु रिजालद्वारा क्याच आउट भए । ३२ औं ओभरको अन्तिम बलमा बैरी टकर बोल्ड आउट भएपछि सन्दिपले अविस्मरणीय ह्याट्रिक पूरा गरे । आजको खेलमा पूरै १० ओभर बलिङ गरेका उनले मात्र २७ रन खर्चेर आयरल्याण्डको ५ विकेट लिए ।
को हुन् सन्दिप ?
नवलपरासीका सन्दीप लामिछानेले यु १९ राष्ट्रिय टोलीमा पहिलो पटक स्थान पाएका हुन् । यु १९ विश्वकपको तयारीका लागि आयोजित सुपर लिग प्रतियोगितामा उनले सर्वाधिक १२ विकेट लिएका थिए । नेपाली टोलीका पूर्वप्रशिक्षक पुवुदु दासानायाके उनको खेलबाट प्रभावित भई उनलाई काठमाडौँ बोलाएर क्याम्पमा राखेका थिए ।
१६, माघ, २०७२
वि.सं.२०७२ माघ १६ शनिवार १२:४९ मा प्रकाशित