काठमाण्डौं । बंगलादेशमा जारी आईसीसी अन्डर १९ विश्वकप क्रिकेटमा नेपालले तीन पटकको विजेता राष्ट्र भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
बंगलादेशको शेरेबंगला रंगशालामा भइरहेको खेलमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ । यो खेल ४८ ओभरमा छोट्टाइएको छ ।
समूह चरणका अन्य दुई खेलमा नेपालले टेष्ट मान्यता राष्ट्र न्यूजिल्याण्डलाई ३२ र आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा यसअघि नै पुगिसकेको हो । नेपाल र भारतवीचको खेलले समूह डीको विजेता र उपविजेता टुंगो लगाउनेछ।
समूह डीमा नेपाल र भारतले समान चार–चार अंक बटुलेका छन् ।
माघ १८, २०७२ /१०.००
वि.सं.२०७२ माघ १८ सोमवार ११:०० मा प्रकाशित