
प्लास्टिकको झोलालाई अर्जेन्टेनी फुटबल स्टार लियोनल मेस्सीको जर्सी बनाएर लगाउने अफगानिस्तानका ५ वर्षे बालक मुर्ताजा अहमदीलाई मेस्सीले भेट्ने भएका छन् ।
गएको महिना अहमदीले प्लास्टिकको झोलामा निलो र सेतो धर्का तानी मेस्सीको नाम लेखेर लगाएको तस्बिर इन्टरनेटमा भाइरल भएको थियो ।
अफगानिस्तानको घाज्नी प्रान्तको जगहोरी जिल्लामा बस्ने अहमदी र मेस्सीको भेटको समय र स्थान भने तय भइसकेको छैन । तर उनलाई भेट्ने भने पक्का भएको मेस्सीले आफ्नो ट्वीटरमार्फत् जानकारी दिएका छन् ।
एजेन्सी, माघ १९, २०७२/ ११.००
वि.सं.२०७२ माघ १९ मंगलवार ११:५८ मा प्रकाशित