
काठमाण्डौं । आज बुधबार स्थानीय बजारमा सुनको मुल्य बृद्धि भएको छ । आज सुन प्रतितोला २ सयले बढेर ५१ हजार ७ सय पुगेको छ ।
हिजो सुन प्रतितोला ५१ हजार ५ सयमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदी प्रतितोला ६ सय ९० रुपैयाँमा कारोबार भइरहेकोछ ।
माघ २०, २०७२/ ११.००
वि.सं.२०७२ माघ २० बुधवार ११:१८ मा प्रकाशित