back
SKIP
prime bank ad

सहकारीको ऋण तिर्न नसक्दा १४ वर्षदेखि जंगलको बास

Kumari bank ad

भारत । सहकारीको ऋण तिर्न नसक्दा एक व्यक्ति १४ वर्षदेखि जंगलको बास भएका छन् । स्थानीय सहकारी संस्थाबाट लिएको ५० हजार ४ सय भारु ऋण तिर्न नसक्दा सहकारीले उनको २।२९ एक्कड जमिति लिलाम गरिदिएपछि उनी विगत १४ वर्षदेखि जंगलमै आफ्नो गाडीभित्र बसिरहेका छन् ।

 

भारतको कर्नाटक राज्यको दक्षिणाखंड जिल्लामा पर्ने सुलिया गाउँका चन्द्रशेखर गौडा नामका ती व्यक्तिले नेल्लुरु कामराजे सहकारीबाट सन् १९९९ मा कर्जा लिएका थिए । उनले उक्त कर्जा चुक्ता गर्न सकेनन् । सहकारीले सन् २००२ मा उनको कर्जा असूलीको प्रक्रिया सुरु गर्यो । सन् २००२ को अक्टोबरमा उनको घरजग्गा १ लाख २० हजारमा लिलाम गरिदियो । सहकारीले लिलाम गरेर उनको जग्गाबाट उनलाई पुलिस लगाएर हटाइयो र घर पनि भत्काइयो । सहरकारीले घरजग्गा लिलाम गरिदिएसँगै उनी केही समय आफ्नी बहिनीको घरमा बसे तर लगत्तै एउटा सेकेण्ड ह्याण्ड कार किनेर उनी बनबास हिँडेका थिए ।

 

चन्द्रशेखरले उक्त कारलाई गाउँको नजिकै रहेको जंगलको बाहिरी भागमा राखे र त्यसैलाई आफ्नो घर बनाए । उनी पछिल्लो १४ वर्ष सोही गाडीमा बस्दै आएका छन् । उनले जंगलमै हातले बाँसका टोकरी बुन्ने काम गर्दै आएका छन् । हरेक हप्ता आफुले बुनेका टोकरी बेच्नका लागि २१ किलोमिटर पैदल हिँडेर सुलिया बजारमा आउँछन् । उनले आफुले बुनेका टोकरीलाई प्रतिगाटा ४० भारुमा बेच्ने गरेका छन् । वनबास बसिरहेका ती मानिसको पुनर्वासका लागि सरकारी अधिकारीहरुले प्रयास सुरु गरेका छन् । – एजेन्सी

२४ माघ २०७२

वि.सं.२०७२ माघ २४ आइतवार ११:५३ मा प्रकाशित

You can share this post!

प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध   

प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध   

वि.सं.२०८० असोज ११ बिहीवार २०:११

काठमाडौँ, ११ असोज : नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम...

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छ : प्रधानमन्त्री   

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छ : प्रधानमन्त्री   

वि.सं.२०८० असोज ११ बिहीवार २०:०६

एकराज पाठक कैलाश मानसरोवर (चीन), ११ असोज : चीनको औपचारिक...

साझा प्रकाशनका पुस्तकमा पचास प्रतिशतसम्म छुट   

साझा प्रकाशनका पुस्तकमा पचास प्रतिशतसम्म छुट   

वि.सं.२०८० असोज ११ बिहीवार २०:००

गण्डकी, ११ असोज : साझा प्रकाशनको केन्द्र र देशभरका शाखा...

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित   

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित   

वि.सं.२०८० असोज ११ बिहीवार १९:५३

विक्रम गिरी हाङझाउ (चीन), ११ असोज : १९औँ एसियाली खेलकुद,...

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

वि.सं.२०८० असोज ११ बिहीवार १६:५३

काठमाडौँ, ११ असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको...

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

वि.सं.२०८० असोज ११ बिहीवार १६:४६

न्युयोर्क, ११ असोज : ‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब...