भारत । राजधानी नयाँ दिल्लीमा दक्षिण एशियाकै ठूलो अटो सो चलिरहेको छ । विश्व बजारमा राम्रो उपस्थिति जनाउने अधिकांश प्रमुख कारका ब्राण्डहरु उक्त दिल्ली अटो सोमा भाग लिइरहेका छन्।
भोलिसम्म चल्ने अटो सोमा मोटरसाइकल, तीनपाङ्ग्रे रिक्सा, स्पेसल भेहिकल्स, कन्सेप्ट भेहिकल्स, कमर्सियल भेहिकल्स, कार, सुपर कार प्रदर्शनीमा राखिएका छन् ।
हुन्डाई टक्सन, टाटा नेक्सन, मारुती सुजुकी भिटरा ब्रेज्जा, फोर्ड मुस्ताङ, होन्डा विआर भि लगायतका कारहरु सो प्रदर्शनीमा राखिएकोछ ।
यहाँ प्रशर्दनमा आइरहेका मोटरहरु नै नेपाली बजारमा भित्रने हुँदा नेपाली व्यवसायीहरुले पनि यसलाई नियालीरहेका छन् ।
माघ २५, २०७२ / ७.००
वि.सं.२०७२ माघ २५ सोमवार १३:२४ मा प्रकाशित