
काठमाण्डौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी) नेपाल ले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा तीन करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
एलआइसीले गत वर्षको पुस मसान्तको तुलनामा यो वर्ष आफ्नो नाफा एक करोड आठ लाख रुपैयाँ बढाएको छ । एलआइसी नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक करोड ६५ लाख रुपैयाँ नाफा गरेको थियो ।
पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा कम्पनीको नाफा झण्डै दोब्बरले बढेको छ। गत वर्षको भन्दा यो वर्ष कम्पनीले ४९।६५ प्रतिशतले नाफा बढाएको छ।
माघ २५, २०७२/ १.००
वि.सं.२०७२ माघ २५ सोमवार १४:३१ मा प्रकाशित