
काठमाण्डौं । सुशील कोइरालाको निधनका कारण मस्तिष्क घात भएका कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यलाई होश आएकोछ । न्युरो अस्पतालमा उपचार गराइरहेका उनको बोली भने अझै फर्किन सकेको छैन । उनको अवस्था अझै चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
दुःखद घटनाको कारण शकमा पुगेर उनलाई मस्तिष्क घात भएको हुनसक्ने चिक्टिसहरुले बताए । न्युरो अस्पतालको चिकित्सक टोली नेता आचार्यको अप्रेसन गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा अझै निष्कर्षमा पुगिसकेको छैन।
२६ माघ २०७२, २.००
वि.सं.२०७२ माघ २६ मंगलवार १४:१३ मा प्रकाशित