back
Kumari Bank

कोइरालाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि भतिज अतुलले दागबत्ती दिने

Nepal Bank

काठमाण्डौं । हिजो मंगलबार ७८ वर्षको उमेरमा निधन भएका नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ आज बुधवार अन्त्येष्टि गरिँदैछ भने उनलाई भतिज अतुल कोइरालाले दागबत्ती दिने भएका छन् ।

कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार गरिने छ। रंगशालामा राखिएको उनको पार्थिव शरीरलाई हिजो भारतीय विदेशमन्त्री सुष्मा स्वराजको टोलीले श्रद्धाञ्जली दिएको थियो भने आज भुटानका गृह तथा सांस्कृतिक मन्त्री दावा ग्याल्छेनले श्रद्धाञ्जलि दिएका छन् ।

बिहानैदेखि कोइरालाप्रति नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। आज अपराह्न २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि दशरथ रंगशालाबाट थापाथली, रामशाहपथ, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हुँदै आर्यघाटसम्म शवयात्राको रुट सरकारले तय गरेको छ।

कोइरालालाई विद्यतुतीय शवदायह गृहमा जलाइने भनिएता पनि परिवारले नमानेपछि दाउराको चितामा नै उनको पार्थिव शरीरलाई भतिजा अतुलले दागबत्ती दिने भएकाछन् ।

उनको निधनमा सरकारले आज सार्वजनिक विदा दिएको छ भने कांग्रेसले १३ दिन कुनै पनि कार्यक्रम नगर्ने भएको छ ।

माघ २७, २०७२, १०.००

वि.सं.२०७२ माघ २७ बुधवार ११:५२ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार २२ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि...

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल   

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल   

वि.सं.२०८२ असार २२ आइतवार १४:४५

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु   

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु   

वि.सं.२०८२ असार २२ आइतवार १४:३७

कीर्तिपुर (काठमाडौँ) : कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य...

रिलायबल नेपाल लाइफको सीईओमा पुनः नारायण बाबु लोहनी नियुक्त

रिलायबल नेपाल लाइफको सीईओमा पुनः नारायण बाबु लोहनी नियुक्त

वि.सं.२०८२ असार २२ आइतवार १४:११

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी...

एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा   

एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा   

वि.सं.२०८२ असार २२ आइतवार १४:०५

वासिङ्टन  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सहयोगी एलन मस्कले...

‘ग्लोबल आइएमई समुन्नत योजना–२’ सार्वजनिक निष्काशनमा: १० वर्षमा २२४.९६ प्रतिशत प्रतिफलको प्रक्षेपण

‘ग्लोबल आइएमई समुन्नत योजना–२’ सार्वजनिक निष्काशनमा: १० वर्षमा २२४.९६ प्रतिशत प्रतिफलको प्रक्षेपण

वि.सं.२०८२ असार २२ आइतवार १२:३८

काठमाडौं : ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सञ्चालन गर्न लागेको ‘ग्लोबल...