back

भारत भ्रमणबाट फर्किए अर्थमन्त्री, के भन्छन् उनी ?

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास व्यक्त गरेका छन् ।

तीनदिने भारत भ्रमणपछि आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै उनले पछिल्लो दिनमा दुई मुलुकबीच उत्पन्न भएका असमझदारी समेत हटाउन आफ्नो भ्रमण सफल भएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई सफल बनाउने विषयमा भारतीय नेताहरुसँग छलफल भएको तथा भ्रमणलाई सफल एवम् सुनिश्चित गर्ने विषय नै महत्वपूर्ण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भने, “दुई मुलुकबीचको सम्बन्ध हार्दिक र मैत्रीपूर्ण बनाउन भ्रमण सफल भएको छ । सम्बन्ध जीवन्त भएको छ ।” तर उनले प्रधानमन्त्रीको भ्रमणको मिति भने दुई देशका सम्बद्ध अधिकारी बसेर टुङ्गो लगाइने जानकारी दिए।

उनले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल बनाउने, दुई देशको मैत्री सम्बन्धलाई थप मजबुत बनाउन आफ्नो भ्रमणले थप मार्गप्रशस्त गरेको बताए।

नेपालमा संविधान जारी भएको भन्दै आफूले भारतीय पक्षसँग विकासको उज्यालोमा प्रवेश गरेको मुलुकलाई थप सहयोग र सद्भावको जरुरत रहेको विषयमा ध्यानाकर्षण गराएको उल्लेख गरे ।

भ्रमणका क्रममा अर्थमन्त्री पौडेलले भारतीय गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज र अर्थमन्त्री अरुण जेटेलीसँग भेटवार्ता गरी आपसी हित र चासोका विषयमा छलफल गरेका थिए।

भ्रमणका क्रममा भारतीय पक्षले भूकम्पपछिको पुनःनिर्माणको योजनामा नेपाल अघि बढेकाले आवश्यक आर्थिक स्रोत एवम् सहयोग गर्न भारत तयार रहेको बताएका थिए ।

भारतीय अर्थमन्त्रीले भारत सरकारले उपलब्ध गराउने वचन दिएको ऋण सहायता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा गरिएको सहयोग राशि एवम् भूकम्पछि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा व्यक्त प्रतिबद्धतानुसार अगाडि बढ्न तयार रहेको जनाएका थिए।

नेपालको आवश्यकता र प्राथमिकतानुसार भौतिक पूर्वाधारका क्षेत्रमा सहायता उपलब्ध गराउनसमेत भारत सरकार तयार छ भन्दै अर्थमन्त्री पौडेलसँगको भेटमा उनका समकक्षी जेट्लीले दुई देशबीचको सम्बन्ध नयाँ आधारमा अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरेका थिए।

२४ गते आइतबार त्यसतर्फ गएका अर्थमन्त्री पौडेलले दुई मुलुकको समान चासो एवम् आपसी हितमा विषयमा भारतीय पक्षसँग गहन छलफल गरेको र भ्रमण फलदायी भएको जानकारी दिए।

यस्तै अर्थ सचिव लोकदर्शन रेग्मी र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत पनि आजै स्वदेश फर्केका छन्। रासस

माघ २७, २०७२, १२.००

वि.सं.२०७२ माघ २७ बुधवार १२:४४ मा प्रकाशित

You can share this post!

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...

लालुपाते सहकारी बचत घोटाला प्रकरण : ३५ जना प्रतिवादीविरुद्धको बयान सुरु   

लालुपाते सहकारी बचत घोटाला प्रकरण : ३५ जना प्रतिवादीविरुद्धको बयान सुरु   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:३६

खोटाङ, १५ मङ्सिर : दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत...

ठगी गरेको आरोपमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ   

ठगी गरेको आरोपमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:३१

पर्वत, १५ मङ्सिर : सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा...

राष्ट्रिय बीमा कम्पनीको सीईओ शेखर बरालको राजीनामा स्वीकृत, निमित्त सीईओमा सुवास कोइराला

राष्ट्रिय बीमा कम्पनीको सीईओ शेखर बरालको राजीनामा स्वीकृत, निमित्त सीईओमा सुवास कोइराला

वि.सं.२०८० मंसिर १५ शुक्रवार १८:०७

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा...

अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र एक मत,  कसले के भने ?      

अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र एक मत, कसले के भने ?    

वि.सं.२०८० मंसिर १५ शुक्रवार १७:५९

काठमाडौँ, १५ मङ्सिर : मुलुकको अर्थतन्त्र सुधारका लागि सहकार्य गर्नुपर्नेमा...