back

मानसिक रोगी छोरालाई थुन्न सहकारीबाट ऋण

दोलखा । स्थानीय जुँगु–४ का एक युवक फलामे खोरमा १५ महिनादेखि थुनिएर बसेका छन् । मानसिक सन्तुलन गुमाएका ४० वर्षीय श्यामबहादुर भुजेल यतिबेला फलामे खोरभित्र आफ्ना दिनहरु कटाइरहेका छन् ।

उनले दिसापिसाब खोरमै गर्ने गरेका छन् । परिवारको आर्थिक अवस्था ज्यादै नाजुक भएकै कारण उपचार गर्न छोडेर उनलाई फलामे खोर बनाएर थुन्न परेको श्यामका भाइ छत्रबहादुर भुजेलले बताएका छन् ।

भाइ छत्रबहादुर भन्छन् – “घरको आर्थिक अवस्था ज्यादै नाजुक छ । सामान्य दालभात खान नै मुस्किल छ । दाइको उपचार गराउँदा गराउँदै भएको रकम सकियो । अहिले औषधि खान छोडेसँगै दाजुले गाउँमा विध्वंश मच्चाउँछ ।”

गाउँलेको घर अगाडि थुपारिएको परालमा आगो लगाउने, बाटो हिँड्ने मानिसलाई ढुङ्गाले हान्ने जस्ता कार्य गर्ने गरेपछि उनलाई खोरभित्र थुनेर राख्न बाध्य भएको परिवारजनको भनाइ छ ।

विगत आठ वर्षदेखि सामान्य रहेको उनको अवस्था भूकम्पपछि धेरै बिग्रन पुगेको स्थानीयवासी बताउँछन् । खोरमा थुनेर नराख्दा गाउँभरिका मानिसलाई दुःख दिएका कारण उनको परिवारले जरिवानास्वरुप करिब एक लाख रुपैयाँ तिरी नै सकेको भाइले बताए् । बाहिर बारीमा खोर बनाएर राखिएको र बिहान–बेलुकी जे जस्तो भएको पकाएर खुवाउने गरेको उनकी आमा जगतमाया भुजेल बताउँछिन् ।

उनी भन्छन् – “मानिस हो । पशु सरह खोरमा थुनेर राख्न कसलाई मन हुन्छ र १ पैसा नभएका कारण उपचार गर्न सकिएन ।” छोरो थुन्न फलाम किन्नकै लागि गाउँमा रहेको जनउपकार सहकारी संस्था लिमिटेडबाट २० हजार रुपैयाँ ऋणसमेत लिएको जगतमाया बताउँछिन् । उनलाई फलामको प्वालबाट खाना खान दिने गरिएको छ । वर्गाकार फलामे खोरमा ताला लगाउने चुकुल राखिएको छ । ताला भने कहिल्यै खोल्ने नगरेको आमा जगतमाया बताउँछिन् । अहिले परिवारजन भने कोही मनकारीले उपचार गरिदिए हुन्थ्यो भन्ने आशामा छन् । रासस

माघ २९, २०७२, २.००

वि.सं.२०७२ माघ २९ शुक्रवार १४:३१ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...