back
NMB ad

कृषि पर्यटनको नमुना गाउँ बन्दै नलाङ

Kumari bank ad

कृषि पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार भई मौलिक नेपाली संसकृति र सामजिक सद्भाव बढ्ने प्रचुर संभावना हुन्छ ।

राष्ट्रिय अर्थतन्त्रको महत्वपुर्ण अंग भएको र देश विकासको लागि पर्याप्त संम्भावना बोकेको क्षेत्र पर्यटन क्षेत्र हो । देशको अस्थिर राजनैतिक अवस्थाले थिलथिलो भएको पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नु हामी सबैको दायित्व हो । पर्यटन उद्योग पुर्णरुपमा सेवामा आधारित व्यवसाय भएकाले अन्य उद्योग व्यवसायको तुलनामा यसको विकास र प्रवद्र्धन बढी चुनौतिपुर्ण हुनुको साथै संवेदनशिल पनि छ । कुनै एक पक्षमा आएको परिवर्तनले अर्को पक्षमा तुरुन्त असर पार्छ । तर यसो भन्दैमा सन्तुलित रुपमा पर्यटन व्यवस्थापन गर्न नसकिने भने होईन । पर्यटन उद्योगमा सन्तुलित व्यवस्थापनका लागि यस क्षेत्रका विज्ञहरुको सुझाव र सल्लाह अनुसार उपयोगि र प्रभावकारी कार्यक्रम तथा रणनीति तय गरि सरकारी र निजि क्षेत्र एक भई दृढताका साथ पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा अघि बढ्नु आजको अनिवार्य आवस्यकता बनेको छ ।

निश्चित रुपमा पर्यटन उद्योगको विकास र पर्यटनका लागि पर्यटनसंग सम्बन्धित व्यवसायिक क्षेत्रहरु र पर्यटकिय स्थलहरुको सुधार तथा विकास र प्रवद्र्धन गर्नुपर्छ तर यो मात्र प्रयाप्त हुँदैन । आजको कडा प्रतिस्पर्धाको जमनामा सम्बन्धित क्षेत्रहरुको विकास र प्रवद्र्धनका साथै तिनिहरुको प्रचार प्रसार तथा बजार प्रवद्र्धनको महत्वपुर्ण भुमिका रहेको हुन्छ ।

Badri aryal
बद्री अर्याल

कृषि र पर्यटनको आ–आफ्नै महत्व छ । दुबैलाई हालसम्म एकै ठाउँमा समन्वय गरेर विकासको योजना हालसम्म बनेको पाईँदैन । कृषि र पर्यटन दुबैलाई समन्वय गरेर बिकासको योजना बनाउँदा अवस्य पनि फाईदा पुग्छ र बिकासको गति चाँडो हुन्छ ।

कृषि पर्यटनको एकिकृत विकास योजनाले कृषि उत्पादनमा सुदृढिकरण र बजारमा प्रभाव पर्नुका साथै प्राविधिक विषय तथा कृषि सूचनाको समेत आदान प्रदान हुन्छ । कृषि पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार भई मौलिक नेपाली संस्कृति र सामाजिक सद्भाव बढ्ने प्रचुर संभावना हुन्छ । कृषि पर्यटनको विदेशी नयाँ प्रविधि र नेपाली नयाँ युवा कृषकको विचमा उत्साह र प्रविधिक पक्षको आदान प्रदान भई उत्पादनमा विशिष्टता, प्रसोधनमा नविनता, स्वादमा मैलिकता, उपभोगमा गुणस्तरियता र स्थानिय बजार प्रवर्धनमा समेत सहयोग पुग्छ भने व्यवसायिक स्थायित्व र युवा कृषकको कृषिमा सहभागिता बढ्ने भएकोले कृषिलाई पर्यटन संग जोड्न जरुरि छ ।

कृषि पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विकास भई पर्यटनको प्रत्यक्ष सहभागितामा मैलिक उत्पादनको प्रशोधन हुन्छ । कृषि पर्यटन समाजमा प्रत्यक्ष सहभागि हुनाले सामाजिक सद्भाव बढ्छ । फर्म स्टे, होम स्टेको र होमस्टेको सुव्यवस्थाले पर्यटनको आकर्षण बढ्न गई पर्यटन आवागमन विस्तार हुन्छ । सामाजिक सद्भावको दायरा विस्तार भई मौलिक घरेलु वस्तुहरुको विस्तार हुन्छ । स्वदेशको पहिचान कृषि उपजबाट निर्मित बस्तु विदेशमा विस्तार हुने सुनिश्चित भएकाले पर्यटनलाई कृषिसंग जोड्नु जरुरि छ ।

क. विद्यमान संरचना

कृषि : सुगम र बहुसंख्यक शिक्षित वर्ग एवं बाहुन, क्षेत्री, गुरुङ, नेवार, तामाङ लगाएतका बहुसमुदायको बसोबास रहेको नलाङ गा.वि.स. १० हजार २ सय जनसंख्या छ भने मतदाता सख्या ४ हजार ५ सय छ । त्यस्तै घरधुरि संख्या १ हजार ७ सय ५० छ भने कच्चि सडक, सिंचाई आदिको पुर्वाधार विद्यमान हुनुको साथै निम्नानुसारका कृषि फर्महरु छन् :

सिद्धबाबा एग्रिकल्चर प्रा. लि – व्यवसायिक गाईपालन दुध उत्पादन, तरकारीखेति, माछापालन, मौरीपालन : यसको विकास विस्तारका लागि आवश्यक पुर्वाधार विकासमा सहयोग गर्ने । जसमा चिलिङ भ्याटका लागि अनुदान सहयोग, ढुवानीको व्यवस्था, पुर्वाधार निर्माण गाई गोठ टहरा कम्पाउण्डवाल तारवार, उन्नत नश्लमा अनुदान, माछा पालनमा सहयोग थोपल किनारमा नदी नियन्त्रण समेत, मौरी घारमा अनुदान, घाँसखेतिमा सहयोग आदि । यो क्षेत्रमा घाँस खेती गराउन सके फर्ममा संलग्न मात्र होईन अन्य किसानको समेत आय आर्जनको श्रोत बन्दछ ।

नलाङमा तरकारी खेति : यो क्षेत्र तरकारी उतपादनको पकेट क्षेत्र बनिसकेको छ । यहाँ अहिले सिमित किसानहरुले मात्र तरकारीखेतिमा लागिरहेको अवस्थामा अरु किसानहरुलाई पनि यसमा प्रोत्साहित गर्नु पर्दछ ।

agro paryatan 3
पाउलोनिया खेति : नलाङ्गमा हमलसालै सुरु गरिएको पाउलोनिया खेति यस ठाउँमा नयाँ र अनुकरणिय कार्यको रुपमा लिईएको छ । सम्बन्धित निकायले यो नयाँ प्रजातिको काठजन्य विरुवा हुर्काउन आवश्यक आर्थिक, प्राविधिक, नैतिक तथा भौतिक सहयोगको अपेक्षा राखेको छ ।

कफी बगौंचा : ठाँटी भञ्ज्याङ नजिकमा लगाईएको कफीको लागि पनि प्रचुर संम्भावना रहेको क्षेत्र पुष्टि गरेको छ । यहाँ अहिले सिमित युवाहरु मात्र कफी खेतिमा लागिरहेको अवस्थामा अरु किसानलाई पनि यसमा प्रोत्साहित गर्नु पर्दछ । यसका लागि यहाँका किसानलाई कफीको बिरुवा खरिदमा अनुदान, कृषि प्रविधिको व्यवस्था गरि उपचारात्मक सेवा विस्तार, सिंचाई, कफि प्रसोधन र र ढुवानिमा सहयोग लगाएतमा सहयोग गर्नु पर्दछ ।

पात्ले गाउँको सुन्तला र नर्सरी : यो क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र र नर्सरी बिकास स्थल बनिसकेको छ । यहाँ अहिले सिमित किसानहरुले मात्र सुन्तला खेतिमा लागिरहेको अवस्थामा अरु किसानलाई पनि यसमा प्रोत्साहित गर्नु पर्दछ ।

अलटरनेटिभ एग्रो सोलुशन प्रा.लि. : सिमित युवाहरुको लगानिमा शुरु भएको व्यवसायिक बाख्रा पालन अन्य क्षेत्रको लागि पनि पे्ररणाको श्रोत बनेको छ । यसलाई अझै व्यवस्थित र विस्तार गर्न बहु क्षेत्रमा लगानि गर्ने युवाहरुको चाहनालाई कुनै न कुनै रुपले सहयोग गर्नु पर्दछ । यहाँ आवत जावत गर्नेहरुको लागि यातायातको सहजता ल्याउन सहयोग गर्न सकिन्छ । फर्मको विकासका लागि उन्नत नश्ल, प्राविधिक सहयोग, पुर्वाधार विकास, घाँसखेतिमा सहयोग आदि । यो क्षेत्रमा घाँसखेति गराउन सके फर्ममा संलग्न मात्र होईन अन्य किसानको समेत आय आर्जनको श्रोत बन्दछ ।

दोभान फेमिलि एग्रो प्रडक्ट प्रा. लि. : यो स्थान दुई खोलाको बिचमा रहेकाले यहाँ माछा पालन उद्योकका लागि व्यवस्थित क्षेत्रको रुपमा लिन सकिन्छ । बजारका लागि सदरमुकाम धादिङबेसीबाट मात्र १० किलोमिटरमा रहेकोले यसको प्रवद्र्धन गर्न सक्दा आयआर्जनको राम्रो श्रोत विस्तार हुन्छ ।

फलेते र बलम डाँडाँमा सुन्तलाखेती : यो क्षेत्र पनि सुन्तला उत्पादनको पकेट क्षेत्र बनिसकेको छ । यहाँ अहिले सिमित किसानहरुले मात्र सुन्तला खेतिमा लागिरहेको अवस्थामा अरु किसानहरुलाई पनि यसमा प्रोत्साहन गर्न सकिन्छ ।

लप्साङकर्पो एग्रिकल्चर्स प्रा. लि.–व्यवसायिक गाई पालन अर्थात् दुग्ध उत्पादन : यसको बिकास र विस्तारका लागि आवस्यक पुर्वाधार विकासमा सहयोग गर्ने । जसमा चिलिङ भ्याटका अनुदान सहयोग, ढुवानिको व्यवस्था, पुर्वाधार निर्माण, उननत नश्लमा अनुदान, घाँसखेतिमा सहयोग आदि । यो क्षेत्रमा घाँस खेति गराउन सके फर्ममा संकट मात्र होईन अन्य किसानको समेत आयआर्जनको श्रोत बन्दछ ।

सुन्दरीपानीमा तरकारी खेती : यो क्षेत्र पनि तरकारी उत्पादनको पकेट क्षेत्र बनिसकेको छ । यहाँ अहिले सिमित किसानहरुले मात्र तरकारी खेतिमा लागिरहेको अवस्थामा अरु किसानलाई किसानलाई पनि यसमा प्रोत्साहित गर्नु पर्दछ ।

नयाँबस्ति र अर्चले, बैरेनीमा रेसमखेति : यो क्षेत्र रेशमखेतिको पकेट क्षेत्र बनिसकेको छ । यहाँ अहिले सिमित किसानहरुले मात्र तरकारी खेतिमा लागिरहेको अवस्थामा अरु किसानलाई पनि यसमा प्रोत्साहित गर्नु पर्दछ ।

व्यक्तिगत व्यवसाय : आ-आफ्नै घरमा जिविकोपार्जनको लागि व्यक्तिगत तवरले गरिएका कुखुरा पालन, भौसीपालन, गाईपालन, मौरीपालन, बाख्रापालन लगायत पर्याप्त मात्रामा लगाईएका र उत्पादन भएका आँप, लिचि केरा कटहर आदि फलफुलले पुर्ण रुपमा आत्म निर्भर छ ।

agro paryatan 1
ख. विद्यमान संरचना

पर्यटन : धादिङ जिल्लाको सबै गा.वि.स. एवं अन्य एक दर्जन भन्दा बढि जिल्लाको समेत अवलोकन गर्न सकिने १६ सय मिटर अग्लो ढेवालेक विविध सांस्कृतिक सुन्दर पक्षहरु घना जङ्गल, मन्दिरहरु, बौद्ध स्तुपा लगाएतका देशकै ठुलो सम्भावना रहेको बुढी गण्डकी हाईड्रो पावर नजिक रहेको नलाङ्ग आफैमा रमणिय पर्यावरणको आलिङ्गनमा छ ।

बैरेनी ठाँटी सडक : यो मार्ग नलाङ प्रवेशको मुख्य मार्गको रुपमा रहेको छ । यसलाई स्तरोन्नती गर्न सके बाह्रै महिना यातायातको सुविधा पु¥याउन सकिन्छ ।

ठाँटी भञ्ज्याङ : यो स्थान नलाङ गाविसको सदरमुकाम हो । यसको विकास र विस्तार ध्यान पु¥याउनु जरुरि छ । यहाँ सार्वजनिक सौचालय, सुपथ मुल्य पसल सञ्चालनमा ल्याउनु पर्दछ । दिगो आर्थिक श्रोतको रुपमा गेष्ट हाउस सञ्चालन गर्न सकिन्छ ।

सिद्धलेक–सिद्ध मन्दिर : यो स्थान धादिङ जिल्लाकै महत्वपुर्ण र धेरै सम्भावना बोकेको पर्यटकिय क्षेत्र हो । यहाँ सुर्योदयोदेखि मनोरम दृश्य हेर्न भ्यू टावर निर्माण गर्न सक्ने हो भने आन्तरिक तथा वाह्य पर्यटकहरुको घुँईचो लाग्छ । जसका कारण हाम्रो आम्दानिको श्रोतमा बृद्धि हुन्छ ।

श्रीवन नेचर क्याम्प : नलाङलाई पर्यटन क्षेत्रको रुपमा विस्तार गर्न श्रीवन नेचर क्याम्पको महत्वपुर्ण योगदान छ । अहिलेसम्मको गतिविधिलाई हेर्ने हो भने अन्तराष्ट्रिय पर्यटकदेखि मुलुकका ठुला हस्तिहरु समेत यहाँ आईसकेका छन् ।

कन्ट्री प्याराडाईज रिसोर्ट : स्थानिय रुपमा कफी लगाई गाउँ र मुलुकलाई नै नयाँ सन्देश दिने गरी सुख्खा डाँडामा हराभरा कफी बगान र त्यसको बिचमा अन्यन्त रमणिय वातावरणमा रहेको यो रिसोर्ट आफैंमा पर्यटनको आकर्षकको केन्द्रविन्दु रहेको छ ।

agro paryatan 2

मौलिक उत्पादन : गाँउमानै हुर्किएको किम्बुको पात खाएर बनेको रेशम रिाको कोयाबाट त्यसै गाउँमा बनेको सल, सफि डाँडाँमा फलेको कफी, बैरेनीमा उत्पादित गुणस्तरिय मह लगाएतका हस्तकलाका सामानहरु प्रसस्त मात्रामा मौलिक उतपादनको रुपमा रहेका छन् ।

कृषि पर्यटन प्रवद्र्धनका लागि स्थानिय स्तरमा गरिनुपर्ने कार्यहरु

नलाङको आफ्नै मौलिक उत्पादन रेशमको सल, कफी, मह आदि उत्पादन र संरक्षण, रासायनिक मल र विसादी रहित गुणस्तरीय खाद्य उत्पादनको सुरुवात खाद्य आत्मनिर्भर सुव्यवस्थाका लागि कार्ययोजना, प्राङ्गारिक मल मुत्रको सुव्यवस्था गरि वितरणको व्यवस्था, वन तथा वातावरण जोगाउने सहभागितामुलक कार्यको साथ आचरण र व्यवहारमा सुधार, नलाङबासी जनताबाट बुढी गण्डकी हाईड्रो पनवर जाने मार्गको लविङ गर्ने, चक्रिय कृषि सडक निर्माणमा सहभागीता, मठ, मन्दिर, पाटी, पौवा, वन र वन्य जन्तु संरक्षण गर्ने, पर्व मेला महोत्सव परम्परा र संसकृति संरक्षण गर्ने, ब्रोसर निर्माण तथा लेख रचना प्रकाशित गर्ने आदि छन् ।

राज्यपक्षबाट गरिनुपर्ने कार्यहरुमा सम्पुर्ण युवा आकर्षित हुने खालको कृषि नीति बनाउनु पर्ने, रेशम खेति बिकास कार्यक्रममा रेशम सल निर्माण तालिम मेशिन निर्माण, भकारो सुधार कार्यक्रम र मल मुत्र व्यवस्थापन तामलिम अनुदान, वन्यजन्तुको संरक्षण गरि वनमा चिउरी, कफी लगायतका, मौरीको चरन विकास कार्यक्रम संञ्चालन गर्नुपर्ने, कृषिफर्म र कृषिकर्महरु जोड्न चक्रिय कृषि सडक निर्माण, कृषिमा प्रोतसाहन स्वरुप अनुदान कार्यक्रम संचालन, रासायनिक मल विस्थापनको लागि सहयोग, कृषि पर्यटनको लागि ० प्रतिशत व्यजमा विनाधितो ५ वर्षका लागि ऋण दिने कार्यक्रम पर्याप्त कृषि तालिम, गोष्ठि र भ्रमण आदिको व्यवस्था गर्न प्राचिन कृषले प्रयोग गरेका कृषि औजारहरु संकलन गरि एउटा संग्राहलय तथा प्रदर्शन कक्ष निर्माण गर्ने ।

पर्यटन तर्फ

बुढी गण्डकी हाइड्रो पावरको बाटो निर्माण, सिद्धबाबाको मन्दिर निर्माण, मन्दिर जाने पदमार्ग निर्माण, भ्यूटावर निर्माणको लागि सहयोग, होम स्टे र फर्मस्टेका लागि पुर्वाधार निर्माण, प्याराग्लाइडिङ्ग सञ्चालन क्षेत्र निर्माण, पर्यटक स्वागत तालिम, गोष्ठि तथा भ्रमण आदिको व्यवस्था ।

फागुन १, २०७२, १२.०० / साभार: धादिङ विचरण

वि.सं.२०७२ फागुन १ शनिवार १९:५७ मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...