काठमाडौं । अब प्रभु ग्रूपले पनि मर्चेन्ट बैंकिङ सम्बन्धी कारोवार गर्ने भएको छ । प्रभु ग्रूपले ग्रोमोर मर्चेन्ट बैंकरको ४० प्रतिशत सेयर खरिद गरेसंगै मर्चेन्ट बैंकिङ सम्बन्धी कारोवार गर्ने भएको हो ।
ग्रोमोर मर्चेन्टले ४० प्रतिशत सेयर बेचेर प्रभु ग्रूपलाई जिम्मा लगाएको छ । ग्रोमोर खरिदसँगै प्रभु ग्रूपले विक्री प्रवन्धक, कुनै कम्पनीको सेयर जारी लगायतका काम गर्न सक्ने छ । यससँगै ग्रोमोरको सम्पूर्ण व्यवस्थापन पक्ष प्रभु ग्रूपले नै सम्हाल्ने बताईएको छ ।
वि.सं.२०७२ फागुन ७ शुक्रवार १४:१३ मा प्रकाशित