back

४० व्यक्तिलाई मृत्युदण्ड !

बग्दाद । इराकको एक अदालतले बिहीबार ४० व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

सन् २०१४ को जुन महिनामा टिक्रीट सहर इस्लामिक स्टेट (आइएस) ले कब्जा गरेको समयमा करिब १७ सय सैनिकको हत्या गरेको ती व्यक्तिहरुमाथि आरोप लगाइएको छ ।

इराकी आधिकारीक टेलिभिजन च्यानलले सो जानकारी दिएको हो । केन्द्रिय फौजदारी अदालतले ४० जना प्रतिवादीलाई मृत्युदण्डको सजाय सुनाएको इराकी सर्वौच्च अदालतका प्रवक्ता अब्दुल सतार अल बिराक्दारले बताए । हजारौको सङ्ख्यामा सैनिकहरुको अपहरण गरिएको र पछि ती सैनिकको हत्या गरिएको थियो ।

उत्तरी टिक्रीटस्थित अपहरण गरिएका ती सैनिकहरुको आइएस आतङ्ककारीद्धारा हत्या भएको बताइएको छ ।

गत बर्षको जुन महिना पनि सामूहिक हत्याको आरोपमा २४ जना प्रतिवादीहरुलाई मृत्युदण्ड दिइएको थियो ।

वि.सं.२०७२ फागुन ७ शुक्रवार १५:०८ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...