
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसहित १३ जना भारत गएका छन् । भारतमा रहँदा महासंघको प्रतिनिधिमण्डल प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरुमा सहभागी हुने छन् भने भारतीय उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गर्ने कार्यक्रमहरुमा सरिक हुनेछन् ।
भ्रमणको क्रममा महासंघको प्रतिनिधिमण्डलले भारतीय अर्थ, वाणिज्य, उर्जा र पर्यटन मन्त्रालयका उच्च पदाधिकारीहरुसँग भेटवार्ता गरि द्विपक्षीय व्यापार तथा ती क्षेत्रमा नेपालमा भारतीय लगानी विस्तारका लागि पहल समेत गर्नेछ ।
अध्यक्ष पशुपति मुरारकासँगै महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डिराज ढकाल, पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भवानी राणा, कार्यकारिणी समितिका सदस्यहरु चन्द्रप्रसाद ढकाल, कमला श्रेष्ठ, ज्योत्साना श्रेष्ठ, शाहिल अग्रवाल र महासंघका उपनिर्देशक अनुपकुमार श्रेष्ठ छन् ।
महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्य, पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ र कार्यकारिणी समितिका सदस्यहरु ज्ञानेन्द्रलाल प्रधान, उमेशलाल श्रेष्ठ र त्रिभुवनधर तुलाधर आइतवार भारत जाने छन् । महासंघको प्रतिनिधिमण्डलमा सूचना प्रविधि, खानीजन्य, यातायात, उर्जा, निर्माण, कृषि, तयारी पोशाक, पर्यटन, बैकिङ, शिक्षा स्वास्थ्य, अटोमोवाइल, हस्तकला, उत्पादनमुलक क्षेत्रको प्रतिनिधित्व रहेको छ ।
८ फागुन, २०७२, ११।००
वि.सं.२०७२ फागुन ८ शनिवार ११:४४ मा प्रकाशित