
काठमाण्डौ । भारत भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीलगायत विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गर्दै छन्। विशेष सम्मान दिइएको र महत्वका साथ हेरिएको प्रधानमन्त्री ओलीको पहिलो भारत भ्रमणका क्रममा आज अपराह्न १२ बजे हैदरावाद भवनमा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता हुँदैछ ।
दुई देशबीच चिसिएको सम्बन्ध सुधारलाई मुख्य कार्यसूची बनाएका प्रधानमन्त्री ओलीसँग आजै भारतीय विदेशमन्त्री सुषमा स्वराजले पनि अलग्गै भेट्ने कार्यक्रम छ।
दुई देशबीच सम्झौता आदानप्रदान र संयुक्त प्रेस वक्तव्य पनि आजै जारी हुने बताइएको छ। आजै साँझ प्रधानमन्त्री ओलीसँग भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ताको कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।
छ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवन सप्रु भवनुमा विशेष अतिथिका रुपमा राखिएको छ। हिजो यहाँ आइपुगेको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्य सचिव डा सोमलाल सुवेली, सांसद, कर्मचारी, व्यापारी र सञ्चारकर्मीसहित ५२ सदस्य छन् ।
प्रकाशितः २०७२ फाल्गुन ८
वि.सं.२०७२ फागुन ८ शनिवार ११:४० मा प्रकाशित