
म्याग्दी । स्थानीय रुप्से छहरा नजिक आगोको मुस्लो देखिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि हराईरहेको तारा एयरको ट्वीअटर विमान त्यही दुर्घटना भएको अनुमान लगाइएकोछ । सेना, प्रहरी र हेलिकप्टर परिचालन गरिएको भएता पनि प्रतिकूल मौसले खोजी कार्य प्रभावित भएको बताइएकोछ ।
सेना र प्रहरीलाई त्यो स्थानमा पुग्न अझै करिब २ घण्टा लाग्ने जानकारी दिएका छन् । विमान हराएपछि तारा एयर आफैले तीनवटा हेलिकप्टर परिचालन गरेकोछ । उसले दुबैतिरको मौसम सफा भएको समयमा बिहान ७।५० मा पोखराबाट जोमसोमका लागि उक्त हराइरहेको विमान उडेको पनि बताएकोछ । यस विषयमा थप केही जानकारी पाए बताउने पनि तारा एयरले सूचना जारी गर्दै जनाएकोछ ।
यो विमान गत सेप्टेम्बरदेखि सञ्चालनमा आएको तारा एयरको नयाँ विमान हो। विमान क्याप्टेन रोशन मानन्धरले उडाएका थिए भने को पाइलट विकेश नेमकुल रहेका छन् ।
१२ फागुन २०७२, ११.००
वि.सं.२०७२ फागुन १२ बुधवार ११:३४ मा प्रकाशित