back

४० जिल्ला आफ्नै उत्पादनले वर्षभरी खान नपुग्ने

Kumari bank ad

काठमाडौं । विश्व खाद्य कार्यक्रम नेपालले नेपालमा खाद्य सुरक्षाको अवधारणाका विषयमा जानकारी दिन बुधबार ‘खाद्य सुरक्षा जानकारी सत्र’ नामक कार्यक्रम आयोजना गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सह–आयोजनामा भएको उक्त कार्यक्रममा नेपालमा देखिएको खाद्य सुरक्षासम्बन्धी अवधारणा, नीति र भएका क्रियाकलाप बारे नेपालका आर्थिक पत्रकारहरुलाई जानकारी दिइएको थियो ।


उक्त कार्यक्रममा तथ्यांक विभाग नेपालका उपमहानिर्देशक (सहसचिव) हेमराज रेग्मी, विश्व खाद्य कार्यक्रम नेपालकी देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) पिप्पा ब्य्राड फड, नेपाल खाद्य सुरक्षा अनुगममन प्रणाली(नेक्स्याप)का राष्ट्रिय संयोजक पुष्प श्रेष्ठ र नेपाल खाद्य सुरक्षा अनुगमन प्रणालीका कार्यक्रम अधिकृत दामोदर कणेलले कार्यपत्र तथा मन्तव्य राखेका थिए ।


खाद्य सुरक्षासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सहसचिव रेग्मीले खाद्य असुरक्षाको विषयमा बुझ्न विभिन्न चार आयामहरुका आधारमा विश्लेषण गर्नुपर्ने बताए । ‘विगतमा खाद्य सामग्री उपलब्ध छ कि छैन भन्ने आधारमा मात्र खाद्य सुरक्षालाई हेर्ने गरिन्थ्यो भने अब यो एउटा आधारमा मात्र मूल्याङ्कन गरियो भने गलत गल्ती हुन सक्छ,’ उनले भने, ‘उपलब्धतासँगै पहूँच, प्रयोगको तरिका (सन्तुलित आहारविहार) र खाद्य स्थिरता गरी चारै आधारलाई विश्लेषण गरेर मात्र खाद्य सुरक्षा छ कि छैन भनेर विश्लेषण गर्नुपर्ने हुन्छ ।’


कार्यक्रममा विश्व खाद्य कार्यक्रम नेपालकी देशीय निर्देशक पिप्पा ब्य्राड फडले मानव विकास सूचकांकमा नेपाल १ सय ८८ राष्ट्र मध्ये १ सय ४६ औं स्थानमा  रहेको र यसलाई माथि उकास्न पनि खाद्य सुरक्षाको प्रत्याभूति आवश्यक भएको बताइन् । ‘विकासको स्तर उकास्न पनि सबै नेपालीले खाद्य सुुरक्षाको प्रत्याभूति पाउनु पर्छ,’ उनले भनिन्, ‘सीमान्तकृत र पिछडिए क्षेत्र समुदाय र वर्गका नागरिकहरुमा खाद्य असुरक्षा बढी देखिएकोले खाद्य सुरक्षा प्रत्याभूत गर्न के गर्न सकिन्छ भन्ने विषयको जरैसम्म गएर अध्ययन गरी कार्यान्वयनमा लाग्नुपर्छ ।’
कार्यक्रममा नेक्स्यापका राष्ट्रिय संयोजक श्रेष्ठले खाद्य असुरक्षाका विभिन्न ५ तह हुने बताए । न्यूनतम खाद्य असुक्षा, मध्यमस्तरी खाद्य असुरक्षा, उच्च खाद्य असुरक्षा, गम्भीर खाद्य असुरक्षाको तह पार गरेपछि मात्र भोकमरी देखिने बताए । उनले नेपालमा हालसम्म कहीलेकाहीँ कुनै हिमाली जिल्लामा चौथो तहसम्मको खाद्य असुरक्षा देखिएको भए पनि भोकमरीको समस्या भने हालसम्म नदेखिएको उनले बताए । विभिन्न तह हुने भन्दै हरेक किसिमका तहलाई भोकमरीको रुपमा सञ्चार माध्यमहरुले समाचार प्रसारण गर्दा समस्या देखिएको बताए ।


कार्यक्रममा नेक्स्यापका कार्यक्रम अधिकृत दामोदर कणेलले नेक्स्यापको अनुगमन प्रक्रियाबारे प्रकाश पारेका थिए । नेस्क्यापले हालसम्म देशका ७४ जिल्लामा प्राविधिक अनुगमन गरेर चौमासिक रिपोर्ट निकाल्ने भए पनि काठमाडौं जिल्लामा भने खाद्य सुरक्षाको अनुगमन गर्न नसकेको बताए ।


कार्यक्रममा सेजनका अध्यक्ष गोकर्ण अवस्थिले नेपालका ३८ देखि ४० ओटा जिल्लामा अझै पनि आफ्नै उत्पादनले वर्षभरी खान नपुग्ने तथ्यांक रहेको बताए ।   ‘खाद्य सुरक्षा अहिले उत्पादनसँग मात्र नभएर क्रय शक्ति र महँगीसँग पनि गाँसिएको छ,’ उनले भने । यस किसिमको कार्यक्रमले नेपालमा खाद्य सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

प्रकाशितः २०७२ फाल्गुन १२

 

वि.सं.२०७२ फागुन १२ बुधवार १७:०१ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...