नयाँ दिल्ली । रेल बजेटमार्फत् भारतका रेलमन्त्री सुरेश प्रभुले उत्तर प्रदेशको बरहनीबाट काठमाडौँसम्मको रेलका लागि सर्वेक्षण गर्न बजेट छुट्याएका छन् । सर्वेक्षणका लागि १६ लाख भारु यो वर्षका लागि खर्च हुनेछ भने सर्वेक्षण पूरा गर्न ३७ लाख ८५ हजार रुपैयाँ लाग्नेछ ।
थोरै रकम छुट्याइएको भए पनि भारतीय मिडियाले यसलाई चिनियाँ प्रभाव कम गर्ने कदमका रुपमा व्याख्या गरेका छन्। चीनले तिब्बतको सिगात्सेसम्म दुई वर्षअघि नै रेलमार्ग विस्तार गरिसकेको छ भने चार वर्षभित्र नेपाली सीमा नजिकै केरुङ पुर्याउने लक्ष्य राखेको छ। यसका लागि चीनले सर्वेक्षणसमेत पूरा गरिसकेको छ।
केरुङ त्यही नाका हो जहाँबाट नेपालले भारतीय सीमा नाकाहरु बन्द रहँदा अनुदानको पेट्रोल आयात गरेको थियो।
१६ फागुन २०७२, ९.००
वि.सं.२०७२ फागुन १६ आइतवार १०:०३ मा प्रकाशित