
काठमाडौं । सेयर बजार ६.२६ अंकको बृद्धिसँगै नेप्से सुचक १३०० अंकको नजिक पुगेको छ । सुरुदेखि नै उकालो लागेको बजार १२९५।७८ अंकमा रोकिएको छ ।
बजारमा ६० करोड ३७ लाख रुपैयाँको किनबेच भएको छ भने १२६ कम्पनीका १० लाख ४७ हजार २९२ कित्ता सेयर कारोबार भएका छन् ।
आज दिनभरीमा वढी कारोबार भने शिखर इन्स्योरेन्स, आरएमडिसी र डिप्रोक्स डेभलपमेन्ट बैंकको भएको छ । शिखरको ६ करोड ४६ लाख, आरएमडिसीको पाँच करोड ९२ लाख र डिप्रोक्सको चार करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
अपि पावर, डिप्रोक्स डेभलपमेन्ट, प्रभु इन्स्योरेन्स, राप्तीभेरी विकास, नेपाल ग्रामिण विकास, इन्नोभेटिभ डेभलपमेन्ट र सेती फाइनान्सका लगानीकर्ताले सम्पति १० प्रतिशतले वढाएका छन् । बिमा, विकास बैंक र फाइनान्स सुचक सबैभन्दा वढी उक्लिएका छन् ।
१९फागुन २०७२, ३.००
वि.सं.२०७२ फागुन १९ बुधवार १५:४८ मा प्रकाशित