काठमाडौं । सरकारले तीन देशका लागि महावाणिज्य दूत राखेकोछ । आज बसेको मन्त्रीपरिषदको बैठकले तीन देशका लागि महावाणिज्यदूत नियुक्त गरेको हो ।
कोलकोताको महावाणिज्यदूतमा एकनारायण अर्याल, ल्हासाको महावाणिज्यदूतमा गोविन्द कार्की र हङकङको महावाणिज्यदूतमा गोपाल भट्टराईलाई नियुक्त गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोखरेलले तीन देशमा महावाणिज्यदूत नियुक्त गरिएको जानकारी दिएका हुन् ।
१९फागुन २०७२, ३.००
वि.सं.२०७२ फागुन १९ बुधवार १५:४१ मा प्रकाशित