
काठमाडौं । नेपाली काँग्रेसको ऐतिहासिक १३आैं महाधिवेशन राजधानीको खुलामञ्चमा भव्य समारोहबीच उद्घाटन भएकाे छ ।
‘सुशीलको नेतृत्वमा बनायौँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका महाधिवेशनको उद्घाटन कार्यवाहक सभापति रामचन्द्र पौडेलले गरेका हुन् ।
मञ्चमा टाढाबाट हेर्न र सुन्नका लागि ठूला एलइडी पर्दा तथा गुणस्तरीय माइकको व्यवस्था गरिएको छ ।
उद्घाटनपछि महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुनेछ । आजदेखि चार दिनसम्म हुने महाधिवशेनको निर्वाचन कार्यक्रम भने राष्ट्रियसभा गृहमा हुनेछ । महाधिवेशनको तयारीका लागि राजधानी प्रवेश गर्ने स्थान तथा चोकचोकमा महाधिवेशनसम्बन्धी तुल, ब्यानर, होर्डिङबोर्ड, पोस्टर र नगरमा पार्टीको चारतारे झन्डा फहराइएको छ । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर जवरा, गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालाका तस्बिर र नारा लेखिएका ब्यानर टाँसिएका छन् ।
वि.सं.२०७२ फागुन २० बिहीवार १३:५४ मा प्रकाशित