back

रोकियो भूकम्पपीडितको पैसा, घर निर्माणका लागि २ लाख अहिले नदिइने

Kumari bank ad

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई घर निर्माणार्थ दिने भनेको पहिलो किस्ताको अनुदान रकम नदिने भएको छ । प्राधिकरणले आज बिहीबार दोलखाको सिंगटीबाट रकम दिने तयारी गरेको थियो ।

प्राधिकरणका प्रवक्ता सह–सहिच सुरेश अधिकारीका अनुसार प्राविधिक कुरा मिल्न नसकेकाले पूर्वनिर्धारित बिहीबारको कार्यक्रम स्थगित गरिएको हो । अर्थ मन्त्रालयले रकम विनियोजन गरेपछि पनि स्थानीय विकास मन्त्रालय, जिल्ला विकास समिति र सम्बन्धित बैंकसँग सम्झौता गर्नुपर्ने प्रक्रिया नपुगेकाले भूकम्पपीडितलाई रकम दिन नसकिएको अधिकारीको भनाइ छ ।

गत आइतबारमात्रै अर्थ मन्त्रालयले घर निर्माणका लागि ६५ अर्ब रुपैयाँ प्राधिकरणलाई विनियोजन गरेको थियो । प्राधिकरणले फागुन २० गते औपचारिक कार्यक्रम गरी भूकम्पपीतिलालाई घर बनाउन पहिलो किस्ताको रकम दिने भनेको थियो ।

बिहीबार प्राधिकरणका एक जना सदस्य गएर सिंगटीमा छलफल मात्र गर्ने जनाइएको छ । अब कहिलेबाट भूकम्पपीडितलाई रकम दिइन्छ भन्ने टुंगो नलागेको अधिकारीले जनाए ।

प्राधिकरणले पहिलो किस्तामा ४० हजार, दोस्रोमा ८० र तेस्रोमा ७० हजार रुपैयाँ घर निर्माणका लागि दिने तयारी थालेको थियो ।

२० फागुन २०७२, २।००

वि.सं.२०७२ फागुन २० बिहीवार १५:०७ मा प्रकाशित

You can share this post!

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

वि.सं.२०८० मंसिर १९ मंगलवार ०७:१३

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको...

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:४६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:३८

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड आज हुने...

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२६

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...