
काठमाडौँ । अन्तर्राष्ट्रिय रिलिज नहुँदै सिनेमा कबड्डी कबड्डी इन्टरनेटमा लिक भएको छ। सामाजिक संजालहरुमा प्रयोगकर्ताले लिंकहरु सेयर गरिरहेका छन्। यो अनलाइन पाइरेसी हो। नेपाल लगायत विश्वभर नै यो कानुनतः दण्डनीय हुन्छ। हङकङबाट फिल्म लिक भएको हो।
वितरण कम्पनी पपकर्नले पाइरेसीका कारण आफूहरुलाई ४० लाखभन्दा बढी घाटा हुने जनाएको छ। अमेरिका, हङकङ र दुबईमा सिनेमा रिलिज नै भएको छैन। यो समाचार तयार पार्दासम्म युट्युबमा ४० हजारभन्दा बढीले फिल्म हेरिसकेका छन्।
दुबई रिलिजका लागि वितरक सुदीप श्रेष्ठले प्रचारसहित अन्तिम तयारी सकेका थिए। उनले अहिलेसम्म ८ लाख खर्च गरिसकेका छन्। ‘दुबईमा रिलिज गर्ने कि नगर्ने चान्स फिफ्टी फिफ्टी छ, बैठकपछि टुंगो लगाउँछौं’ उनले भने। यसैवर्ष नेपालमा रिलिज भएको कबड्डी सिक्वेलले राम्रो व्यापार गरेको थियो।
२३ फागुन २०७२, ९.००
वि.सं.२०७२ फागुन २३ आइतवार १२:३३ मा प्रकाशित