back
SKIP
prime bank ad

कांग्रेस महामन्त्रीमा शशांक र काेषाध्यक्षमा सितादेवी विजयी

Kumari bank ad
काठमाडाैं । नेपाली कांग्रेसको महामन्त्री पदमा शशांक कोइराला विजयी भएका छन् ।
भरखरै सकिएकाे मतगणनामा शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीलाई पराजित गर्दै  काेइराला विजयी भएका हुन् । काेईरालाले १ हजार ४ सय १७ मत प्राप्त गरे पनि उनका प्रतिद्वन्दी शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीले १ हजार १७ मत ल्याए । त्यस्तै कृष्ण सिटौला प्यानलका गगन थापाले ५ सय ८४ मत ल्याए ।
मेडिकल डाक्टर समेत रहेका उनी नवलपरासी १ का सांसद हुन् । शशांक कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका पुत्र हुन् ।
त्यस्तै कोषाध्यक्ष मा सितादेवी यादव निर्वाचित भएकी छन् । सितादेवीले चित्रलेखा यादवलार्इ ८ मतले पछि पार्दै निर्वाचित भएकी हुन् ।

सितादेवी रामचन्द्र पौडेल प्यानलबाट र चित्रलेखा शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेका थिए । सितादेवीले १ हजार २ सय १७ र  चित्रलेखाले १ हजार २ सय ९ मत पाएका छन् । त्यस्तै कृष्ण सिटौला प्यानलका उमाकान्त चौधरीले ४५७ र कृष्ण कार्कीले ६६ मत पाए ।

काे हुन् शशांक कोइराला ?

वीपी कोइरालाका तीन छोरामध्ये कान्छा हुन् शशांक कोइराला । उनको जन्म वि.स. २०१५ सालमा विराटनगरमा भएको हो । लामो समय चिकित्सा पेसमा सम्लग्न आँखा रोग विशेषज्ञ डाक्टर कोइराला ०४६ सालको जनआन्दोलनमा चिकित्सकहरुका तर्फबाट सहभागी भएका थिए । परिवारसँगै २०१७ देखि २०३६ सालसम्म निर्वासित जीवन बिताएका कोइराला ०६७ को १२ औं महाधिवेशनमा चौथो स्थानको मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भए । उनी नवलपरासीबाट ०६४ र ७० को दुइ वटै संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।

वि.सं.२०७२ फागुन २५ मंगलवार १८:१७ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै, भोली नेपाल फर्किने  

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै, भोली नेपाल फर्किने  

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:५८

मानसरोवर (चीन), १२ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री...

दुई जना मेडिकल सञ्चालक पक्राउ   

दुई जना मेडिकल सञ्चालक पक्राउ   

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:५४

दमौली, १२ असोज : आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:४४

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

१९औँ एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित   

१९औँ एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित   

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:३९

हाङझाउ (चीन), ११ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत...

एनआरएनएका अध्यक्ष थापाद्वारा पुनःअध्यक्षमा उम्मेदवारी घोषणा   

एनआरएनएका अध्यक्ष थापाद्वारा पुनःअध्यक्षमा उम्मेदवारी घोषणा   

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:३५

काठमाडौँ, ११ असोज : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष...

यस्तो छ, आज १२ असोज २०८० शुक्रवारको दैनिक राशिफल

यस्तो छ, आज १२ असोज २०८० शुक्रवारको दैनिक राशिफल

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...