back
SKIP
prime bank ad

विराटनगर भन्सार ठप्प

Kumari bank ad

विराटनगर । भन्सारका एजेन्ट आन्दोलित भएपछि विराटनगर भन्सार ठप्प भएको छ। भन्सार तिरेर ल्याएको सामान प्रहरीले पक्राउगरी आन्तरिक राजस्व कार्यालयमा बुझाएको भन्दै विराटनगर भन्सारका एजेन्ट मङ्गलबार दिउँसो देखि पेनडाउनसहित आन्दोलित भएपछि भन्सारको राजस्व असुली ठप्प भएको हो।

वैधानिक रुपमा भन्सार तिरेर ल्याएको सामान प्रहरीले पक्राउ गरी दुःख दिएको विरोधमा पेनडाउनसहित आन्दोलन थालेको विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले जानकारी दिए। फागुन २२ गते अवैध रुपमा भन्सार छलेर कपडा ल्याएको भन्दै को १ ख ३७७४ नम्बरको ट्रकप्रहरीले पक्राउ गरेको थियो।

सो ट्रकको सामान वैधानिक रुपमा ल्याइएको एजेन्टहरूको दाबी छ । अध्यक्ष परासरले भने, ुवैधानिक रुपमा ल्याइएको सामान पक्राउ गरेर प्रहरीले दुःख दिने नियत राखेकाले आन्दोलन थाल्नु पर्यो। उनिहरूले विना शर्त ट्रक छाड्न माग राखेका छन्। माग पूरा नभए दुई दिन आँशिक रुपमा काम ठप्प पारे पनि बिहीबारदेखि अनिश्चितकालीन पेनडाउन सुरु गर्ने चेतावनी पनि एजेन्टहरूले दिएका छन्।

यता भन्सार एजेन्टहरूको आन्दोलनका कारण विराटनगर भन्सारको राजस्व असुली प्रभावित भएको छ। विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार मङ्गलबार दिउँसो देखि एजेन्ट आन्दोलित भएकाले दैनिक ६ करोड रुपैयाँ राजस्व असुली गर्दै आएको विराटनगर भन्सारले मङ्गलबार साूढे २ करोड मात्रै संकलन गरेको छ । एजेन्टको आन्दोलनले बुधबार दिउँसो सम्मको असुली पूर्ण रुपमा ठप्प भएको छ ।
प्रकाशितः २०७२ फाल्गुन २६

वि.सं.२०७२ फागुन २६ बुधवार १७:११ मा प्रकाशित

You can share this post!

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

वि.सं.२०८० असोज ११ बिहीवार १६:५३

काठमाडौँ, ११ असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको...

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

वि.सं.२०८० असोज ११ बिहीवार १६:४६

न्युयोर्क, ११ असोज : ‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब...

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

वि.सं.२०८० असोज ११ बिहीवार १६:४०

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री...

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन   

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन   

वि.सं.२०८० असोज ११ बिहीवार १६:२२

काठमाडौँ, ११ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गर्नुभएको...

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु   

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु   

वि.सं.२०८० असोज ११ बिहीवार १६:१८

मकवानपुर, ११ असोज : करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा...

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस   

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस   

वि.सं.२०८० असोज ११ बिहीवार १६:११

अछाम ११ असोज : अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६...