
काठमाण्डौं । स्थानीय बजारमा आज सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । हिजो प्रति तोला ३ सय रुपैयाँले घटेर ५६ हजारमा कारोबार भएको सुनको मुल्य शुक्रबार फेरि आकाशिँदै ५ सय रुपैयाँले बढेको हो ।
आज बजारमा सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै आज शुक्रबार चाँदीको मुल्य पनि सामान्य बढेको छ । हिजो प्रतितोला ७ सय २५ रुपैयाँमा कारोवार भएको सुन आज ७ सय ३० रुपैयाँमा कारोवार भइरहेको छ ।
२७ फागुन २०७२, ११.००
वि.सं.२०७२ फागुन २८ शुक्रवार ११:३६ मा प्रकाशित