back
mega bank Ad
Hero Ad

देउवा बहुमत तर्फ, फर्मुल्लाहले खोले खाता

काठमाडौं । नेपाली काँग्रेसको मत परिणाम आउने क्रम जारी रहँदै मुस्लिम कोटाबाट सभापति देउवा क्याम्पका फरमुल्लाह मन्सुरले केन्द्रिय सदस्यको खाता खोलेका छन् ।

१३ औं महाधिवेशन शुरु हुनु एक दिनअघि संस्थापन क्याम्प छाडेर देउवा क्यामम्पमा पुगेका फरमुल्लाह मन्सुर मुस्लिम कोटाबाट कांग्रेस केन्द्रीय सदस्य बनेका हुन् । तीन दिनदेखि जारी मत गणनाको नतिजा हेर्दा सभापति देउवाको पक्षमा सुविधाजनक बहुमत पुग्ने संकेत देखिएको छ ।

बिहीबार पार्टी मूख्यलाय सानेपामा सम्पन्न मतगणनामा उनले रामचन्द्र पौडेलको प्यानलका मोहम्मद अफताव आलमलाई पराजित गरे ।

केन्द्रीय सदस्यमा विजयी हुने क्रममा उनले १२ सय २६ मत ल्याउन सफल भए । उनका प्रतिस्पर्धी अफताव आलमले एक हजार ४४ मत ल्याए ।

संस्थापन पक्षले कोषाध्यक्ष पद नदिने भएपछि मन्सुर महाधिवेशनको एक दिन अघि दलबलसहित देउवा क्याम्पमा पुगेका थिए । मध्यतराईको जिल्लामा बलियो पकड रहेका बाराका मन्सुरले देउवालाई जिताउन संस्थापनलाई छाडेको बताएका थिए ।

२९ फागुन २०७२ / १२:००

वि.सं.२०७२ फागुन २९ शनिवार १२:०३ मा प्रकाशित

You can share this post!

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

वि.सं.२०७९ मंसिर १० शनिवार १७:१४

सुनसरी । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४...

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

वि.सं.२०७९ मंसिर १० शनिवार १५:३०

बुटवल । जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका...

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

वि.सं.२०७९ मंसिर १० शनिवार १०:३९

बारा । चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा...

गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे

गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे

वि.सं.२०७९ मंसिर १० शनिवार १०:३४

पोखरा । यसपालिको निर्वाचनबाट गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...