back
SKIP
prime bank ad

आजदेखि पोखरामा मिनी सार्क

Kumari bank ad

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को इन्टर समिट आज (सोमबार) पोखरामा सुरु भएको छ । विहीबारसम्म चल्ने विदेशमन्त्री स्तरीय बैठकका लागि सहभागी आउने क्रम जारी छ ।

सार्कको ‘मिनी शिखर सम्मेलन’ का रूपमा लिइने बैठक यहाँको बिरौटास्थित पाँचतारे पोखरा ग्रान्डमा हुनेछ । सोमबार देखि सहसचिवस्तरीय बैठक चल्नेछ । अन्तिम दिन विदेशमन्त्री स्तरीय बैठक हुनेछ । बैठकका लागि होटलका सबै ४ सय ५०, २ सय ५०, १ सय ५० र १ सय क्षमताका ४ वटा हल बुकिङ गरिएका छन् । साथै होटलका ७५ वटा कोठा पनि पाहुनाका लागि बुकिङ गरिएको छ । नपुगेमा अर्को होटल सांग्रिला र फिस्टेल लजमा राखिने छ ।

विदेशमन्त्रीस्तरीय ३७ औं बैठक पोखरामा हुन लागेको हो । सार्कमा नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, मालदिभ्स र अफगानिस्तान सदस्य छन् । परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल राजाराम बर्तौलाका अनुसार सोमबार र मंगलबार सार्क
डेस्क हेर्ने सहसचिवस्तरीय कार्यक्रम समितिको बैठक हुनेछ ।

तेस्रो दिन सचिवस्तरीय स्थायी समितिको र अन्तिम दिन बिहीबार मन्त्रीस्तरीय बैठक हुने छ ।

पाकिस्तान र श्रीलंकाको सहसचिवस्तरीय टोली र सार्क सचिवालयका अधिकारी आइतबारै दिउँसो आइसकेका छन् । अन्य देशका सहभागी काठमाडौंबाट सडकमार्ग हुँदै आएका छन् । ‘विभिन्न विषयका बैठकमा सार्क राष्ट्रका विषयगत करिब ८० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्’, बर्तौलाले भने । उनीहरूसाथ अन्य र सबै देशका दुतावासबाट राजदुतसहित कर्मचारी पनि आउने भएकाले संख्या बढ्नेछ । विदेशी सहभागीको दृश्यावलोकन र व्यक्तिगत भ्रमणबारे खुलाइएको छैन । तर, उनीहरू आफ्नै तरिकाले पोखरा घुम्न सक्नेछन् ।

बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, श्रीलंकाका विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अवुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुनेछन् । कान्तिपुर

१ चैत २०७२ /९:10

वि.सं.२०७२ चैत १ सोमवार ०९:१५ मा प्रकाशित

You can share this post!

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

वि.सं.२०८० असोज १२ शुक्रवार १६:१६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस...

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:५०

काठमाडौँ, १२ असोज : पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा...

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८० असोज १२ शुक्रवार १४:४२

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

वि.सं.२०८० असोज १२ शुक्रवार १४:२०

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ...

एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने   

एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:०५

काठमाडौँ, १२ असोज : नेकपा (एकीकृत समाजवादी) ले यही असोज...

कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय संचालन

कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय संचालन

वि.सं.२०८० असोज १२ शुक्रवार १४:००

काठमाडौं । गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार...