
काठमाण्डौं । सरकारले आगामी सन् २०२५ सम्मका लागि दुई खर्ब ४२ अर्ब ५० करोड रुपैयाँ खर्च गर्दै नेपालबाट भोकमरी अन्त्य गर्ने घोषणा गरेको छ। नेपालको भोकमरीलाई शून्यमा झार्न राष्ट्रिय कार्ययोजनासहितको ‘शून्य भोकमरी(जिरो हंगर) कार्यक्रम’ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भोकमरी अन्त्य गर्ने घोषणा गरेका हुन्।
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक जोसे ग्राजिएनो डाक्टर सिल्वाले संयुक्त रुपमा जिरो हंगरको राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेका हुन्। कार्ययोजना सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले गरिबी, भोकमरी र कुपोषणबाट नेपाललाई मुक्त नगरेसम्म मुलुकको विकास हुन नसक्ने बताए।
१ चैत २०७२, ७.००
वि.सं.२०७२ चैत १ सोमवार १०:५५ मा प्रकाशित