back
NMB ad

खुल्यो १२ करोड लगानीको ‘जल महल’

Kumari bank ad

पोखरा । चार वर्ष अगाडिदेखि चचहुई फनपार्क सञ्चालन हुदै आएको यहाँको ठाउँमा थप गरेर अन्तर्राष्ट्रिय स्तरको पारिवारिक होटल ‘जलमहल’ संचालनमा आएको छ ।

करिब १० रोपनी क्षेत्रफलमा चचहुई फनपार्क को खर्च समेत गरेर १२ करोड खर्च गरेर बनाइएको यस होटल तीन थरिका स्विमिङ पुल छन्। होटलमा डिलक्स, सुपर डिलक्स, जलमहल प्रिमियम र कनेक्टिङ गरी चार प्रकारका सुविधासम्पन्न ३६ कोठाहरु छन् । सबैै कोठा वा कोठाका बालकोनीबाट पुल र बगैँचाका साथै धौलागिरि, अन्नपूर्ण वा मनास्लु हिमश्रखंलाका मनोरम दृश्य देख्न सकिने छ ।
`
अन्तर्राष्ट्रिय पाहुनाको लागि डिलक्स् कोठाको मूल्य प्रतिकोठा प्रतिरात ५० अमेरिकी डलर, सुपर डिलक्स्को ७५ डलर, जलमहल प्रिमियमको १०० डलर र कनेक्टिङको १२५ डलर छ । आन्तरिक पर्यटकका लागि यो मूल्यमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

होटलमा १५० जना क्षमता भएको कन्फ्रेन्स हल र फ्यामिलि वा कर्पोरेट इभेन्ट लागि गार्डेन लनको व्यवस्था छ । होटलका डिलक्स् कोठाको बुकिङ खुला गरिसकिएको छ भने अन्य किसिमका कोठाहरु नयाँ वर्ष २०७३ पहिले नै खुल्नेछ । अग्रिम बुकिङका लागि अनलाइनबाट होटल जलमहलको वेबसाइटमा गएर वा होटलमा सिधै सम्पर्क गर्न सकिने छ ।

१ चैत २०७२, ११.३०

वि.सं.२०७२ चैत १ सोमवार १३:०३ मा प्रकाशित

You can share this post!

चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान   

चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान   

वि.सं.२०८१ जेठ २५ शुक्रवार २०:०६

काठमाडौँ, २५ जेठ : होटल सङ्घ नेपालले आगामी दिनमा चिनियाँ...

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ   

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १९:५९

काठमाडौँ, २५ जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने...

धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक   

धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १९:५३

काठमाडौँ, २५ जेठः नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले धितोपत्र...

झापा नाकाबाट हुने नेपाल-बङ्गलादेश व्यापार निरन्तर घाटामा   

झापा नाकाबाट हुने नेपाल-बङ्गलादेश व्यापार निरन्तर घाटामा   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १७:०२

भद्रपुर (झापा), २५ जेठ : नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि...

कुमारी बैंक र यूएसएआइडी बीच सम्झौता

कुमारी बैंक र यूएसएआइडी बीच सम्झौता

वि.सं.२०८१ जेठ २५ शुक्रवार १६:५९

काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय...

अवैधानिक उत्खनन् बन्द गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन   

अवैधानिक उत्खनन् बन्द गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १६:४९

मलेखु (धादिङ), २५ जेठ : धादिङको सिद्धलेक गाउँपालिकामा कृषि फार्म...