back

१० सहकारीको दर्ता खारेज

Kumari bank ad

कञ्चनपुर । डिभिजन सहकारी कार्यालय महेन्द्रनगरले वार्षिक लेखा परीक्षण नगरी कारोबार सञ्चालन गर्ने जिल्लाका १० सहकारी संस्थाको दर्ता खारेजी गरेको छ ।

तीन वर्षदेखि लेखा परीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारी संस्थाको दर्ता खारेजी गरिएको हो । सहकारी डिभिजन कार्यालयका प्रमुख रामबहादुर खातीले लेखा परीक्षणका लागि पटक पटक आग्रह गर्दा पनि अटेर गर्ने, प्रगति प्रतिवेदन नबुझाउने, साधारणसभा नगर्ने र सम्बन्धित कागजात नबुझाउने सहकारीको दर्ता खारेजी गरिएको बताए ।

यहाँका ४२ वटा सहकारी संस्थालाई सहकारी डिभिजन कार्यालयले निष्क्रियको सूचीमा राखेको छ । निष्क्रिय अवस्थामा रहेका सहकारी संस्थाको स्थलगत अनुगमन गरी खारेजीका लागि प्रक्रिया अगाडि बढाइने खातीले बताए ।

सहकारी ऐन–२०४८, सहकारी नियमावली– २०४९ अनुसार लेखा परीक्षण नगर्ने सहकारीलाई कारबाही गरिने प्रावधान छ । यसैगरी, सहकारी दर्ता, अनुगमन तथा नियमन मापदण्ड–२०६८ मा मापदण्ड मिच्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने प्रावधान छ ।

मापदण्ड मिच्ने सहकारीलाई कानुनअनुसार कारबाही गरिएको हो । जिल्लामा हालसम्म ३९४ वटा सहकारी दर्ता भई कारोबार सञ्चालन गरिरहेका छन् ।

वि.सं.२०७२ चैत ४ बिहीवार १५:२७ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण   

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण   

वि.सं.२०८० असोज १६ मंगलवार १४:१४

काठमाडौँ, १६ असोज: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जवराले नेपालगञ्जमा...

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

वि.सं.२०८० असोज १६ मंगलवार १४:०९

नेपालगञ्ज (बाँके) १६ असोजः जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो...

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

वि.सं.२०८० असोज १६ मंगलवार १३:४३

जाजरकोट, १६ असोज : कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण...

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

वि.सं.२०८० असोज १६ मंगलवार १३:३२

इस्लामाबाद, १६ असोज : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक...

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...