काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी निकट सहकारीकर्मीको सहमतिय साझा उम्मेदवार तय भएको छ । बिहिवार तीन दल निकट सहकारीकर्मीको भेलाले साझा उम्मेदवार तय गरेको हो ।
सहमति अनुसार एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव, ६ जना संचालक र लेखा समिति सदस्य एक पद पाएका छन् । त्यस्तै कांग्रेसले कोषाध्यक्ष, लेखा समिति संयोजक र चार जना संचालक पाएका छन् । त्यसैगरि माओवादीले एक संचालक र लेखा समिति सदस्य पाएका छन् । उम्मेदवारी घोषणा सभामा नेकपा एमाले सहकारी विभाग प्रमुख पशुपति चौलागाई, राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेंल, संचालक चन्द्र ढकाल लगायको उपस्थित रहेको थियो ।
यस्तो छ, साझा उम्मेदवार
अध्यक्ष : केशव प्रसाद दंगाल
उपाध्यक्ष : प्रकाश श्रेष्ठ
सचिव : नवराज अर्याल
कोषाध्यक्ष : गोविन्द काफ्ले
संचालकहरु
निरञ्जन सेढाई
राजकुमार खड्का
शुवास घिमिरे
रमिला श्रेष्ठ
देव नारायण चौलागाई
तारा सापकोटा
पुरुषोत्तम पौडेल
लेमन श्रेष्ठ
राजन ईटनी
विरेन्द्र भण्डारी
नवराज तामाङ
लेखा सुपरिवेक्षण समिति
संयोजक : कमलराज अधिकारी
सदस्य : गोवर्धन केड्डसी
सदस्य : सालिकराम पुडासैनी
वि.सं.२०७२ चैत ४ बिहीवार १५:३६ मा प्रकाशित