back

बेलायती राजकुमार हृयारी काठमाडौंमा

Kumari bank ad

काठमाडौं । बेलायती राजकुमार ह्यारी काठमाडौं आइपुगेका छन् । कतार एयरवेजको जहाजमार्फत उनी शनिबार दिउँसो २ बजेर ४० मिनेटमा काठमाडौंमा अवतरण गरेका हुन् ।

राजकुमार ह्यारी कतार एयरवेजको जहाज क्युआर ६४६ उडानमार्फत काठमाडौं आइपुगेका हुन् ।

उनीसँगै टोलीमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर तथा बेलायती सञ्चारमाध्यमका पत्रकार गरी ३० जनाभन्दा बढी टोली पनि काठमाडौं उत्रेको छ ।

ह्यारीले शनिबार अपराह्न ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै उनले आइतबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री कमल थापाले नेपाल र बेलायतबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा शनिबार अपराह्न याक एन्ड यती होटलमा आयोजना गर्ने विशेष स्वागत समारोहमा ह्यारी सहभागी हुँदैछन् । ह्यारीले भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार स्क्वायरका मन्दिर र भवनहरूको पुनर्निर्माणबारे जानकारी लिनेछन् ।

ह्यारी भक्तपुर पुगेर बेलायती सहयोग नियोग डिएफआइडीको सहयोगमा निर्मित नेपाल रेडक्रसको आपत्कालीन उद्धार तथा आपूर्ति स्थलको अवलोकन गर्नेछन् ।

भक्तपुरस्थित २५० जना भूकम्पपीडितलाई अस्थायी रूपमा बस्ने व्यवस्था मिलाइएको क्याम्पको पनि उनले अवलोकन गर्ने कार्यक्रम छ । चैत ८ गते ह्यारी बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणमा जानेछन् ।

ह्यारीले खौराहा खोलामा र्‌याफ्टिङ् गर्नेछन् भने जंगलमा दूरवीनबाट बाघलगायत जीवजन्तु हेर्नेछन् । यस्तै उनले पोखरास्थित भूकम्पपीडित बेलायती गोर्खा सैनिकका परिवारलाई भेट्नेछन् । त्यसपछि उनी पोखराबाट उत्तरतर्फ ट्रेकिङमा सहभागी हुने कार्यक्रम छ ।
प्रकाशितः २०७२ चैत्र ६

वि.सं.२०७२ चैत ६ शनिवार १५:२३ मा प्रकाशित

You can share this post!

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु

वि.सं.२०८० मंसिर १८ सोमवार १२:५३

काठमाडौं । ललितपुर स्थित झम्सिखेल स्थित प्रधान कार्यालय रहेको यस...

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु   

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु   

वि.सं.२०८० मंसिर १८ सोमवार १२:४५

मेडक, १८ मङ्सिर : भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ भोली बाँडफाँड हुने, सेयर हात पार्ने कति जना ?

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ भोली बाँडफाँड हुने, सेयर हात पार्ने कति जना ?

वि.सं.२०८० मंसिर १८ सोमवार १२:२२

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड भोली हुने ...

१ लाख ७८ हजार कित्ता एफपीओ नेप्सेमा सूचिकृत

१ लाख ७८ हजार कित्ता एफपीओ नेप्सेमा सूचिकृत

वि.सं.२०८० मंसिर १८ सोमवार १२:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उन्नती सहकार्य लघुवित्तको...

हुम्ला र मुस्ताङमा हिमपात, जनजीवन कष्टकर   

हुम्ला र मुस्ताङमा हिमपात, जनजीवन कष्टकर   

वि.सं.२०८० मंसिर १८ सोमवार ११:५९

सिमकोट, (हुम्ला) १८ मङ्सिर : हुम्लामा आज बिहानैदेखि हिमपात सुरु...

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

वि.सं.२०८० मंसिर १८ सोमवार ११:४९

काठमाडौं । पिपुल्स पावर कम्पनीले हकप्रद निष्कासन गर्ने निर्णय गरेको...