
काठमाडौँ। चीन नेपालको आग्रह स्वीकार्दै केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माण गरिदिन सहमत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा उनले रेलमार्ग निर्माण गरिदिन गरेको आग्रहमा चीनले स्वीकारेको हो ।
चीनले सहमति जनाएको नेपाली प्रस्तावमा रेलमार्ग केरुङबाट काठमाडौं हुँदै पोखरा पुग्ने र त्यहाँबाट लुम्बिनीसम्म विस्तार हुने उल्लेख छ । चीनको क्यामसी नामक कम्पनीले यसअघि नै काठमाडौं पोखरा रेलमार्ग अध्ययन सुरु गरिसकेको छ । नागरिक दैनिकमा खबर छ ।
प्रकाशितः २०७२ चैत्र १०
वि.सं.२०७२ चैत १० बुधवार १०:१२ मा प्रकाशित