back

संसारका उत्कृष्ट २५ गन्तव्य मध्ये काठमाडौं २३ नम्बरमा

काठमाडौं । संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको ट्रिप एडभाइजरु ले यो वर्ष (सन् २०१६) का लागि छनोट गरेको संसारका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको छ।

यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो । पहिलो स्थानमा भने बेलायतको लन्डन सहर परेको छ । दोस्रोमा टर्कीको इस्तानबुल सहर छ ।

काठमाडौंले अस्ट्रेलियाको सिड्नी र हंगेरीको बुडापेस्टलाई उत्कृष्ट गन्तव्यको सूचीमा पछाडि पारेको छ । ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटपछि संसारका उत्कृष्ट २५ गन्तव्य सूची सार्वजनिक गरेको हो । यी गन्तव्य घुमेका पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर उसले सूची सार्वजनिक गरेको हो ।

ट्रिप एडभाइजरको उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं पर्नु हाम्रो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि हो, मुलुकका प्रमुख टुर तथा ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष रामकाजी कोनेले भने, यसबाट आगामी वर्ष मुलुकको पर्यटक आगमनमा आशालाग्दो प्रभाव देखिने निश्चित छ ।

ट्रिप एडभाइजरको उत्कृष्ट सूचीमा, बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण, पोखरामा हालै सम्पन्न सार्क विदेश मन्त्रीस्तरीय बैठक र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्झौताले समग्र पर्यटन उद्योगमा सकारात्मक सन्देश गएको उनले बताए ।

संसारभरका पर्यटकले एक पटक वा धेरै पटक घुमेर काठमाडौंसहित उत्कृष्ट २५ गन्तव्य छनोट गरेका हुन् । ट्रिप एडभाइजर वेबसाइटको सुझाव पछ्याउँदै संसारका लाखौं पर्यटकले आफ्ना भ्रमण गन्तव्य तय गर्ने गरेको कोनेको भनाइ छ ।

सन् २०१६ मा संसारका विभिन्न गन्तव्य घुम्ने योजना बनाइरहेका पर्यटकलाई यो सूचीले महत्वपूर्ण सहयोग पुर्‍याउने ट्रिप एडभाइजरले जनाएको छ । ट्रिप एडभाइजरको यो सूचीको तेस्रो स्थानमा मोरक्कोको माराकेच, चौथो स्थानमा फ्रान्सको पेरिस, पाँचौमा कम्बोडियाको साएम रिप, छैठौंमा चेक गणतन्त्रको प्राग, सातौंमा इटालीको रोम, आठौं भियतनामको हनोई, नवौं अमेरिकाको न्युयोर्क, दसौं इन्डोनेसियाको उबुड, एघारौं स्पेनको बार्सिलोना र बाह्रौं स्थानमा पोर्चुगलको लिस्बन सहर परेका छन् ।

त्यसैगरी सूचीको तेह्रौं स्थानमा संयुक्त अरब इमिरेट्सको दुबई, चौधौं रुसको सेन्ट पिटर्सबर्ग, पन्ध्रौं थाइल्यान्डको बैंकक, सोह्रौं नेदरल्यान्डको आम्सटर्डम, सत्रौं अर्जेन्टिनाको ब्युनस आयर्स, अठारौं चीनको हङकङ, उन्नाइसौं मेक्सिकोको प्लेया डेल कार्मेन, बीसौं दक्षिण अफ्रिकाको केप टाउन सेन्ट्रल, एक्काइसौं जापानको टोकियो, बाइसौं पेरुको कुस्को, चौबीसौंमा अस्ट्रेलियाको सिड्नी र पच्चीसौं स्थानमा हंगेरीको बुडापेस्ट परेको छ ।

ट्रिप एडभाइजरले संसारकै सबैभन्दा ठूलो ट्राभल समुदाय बनाउन सफल भएको छ । हाल यसका ६ करोड सदस्य छन् । यसको वेबसाइट प्रतिमहिना २८ करोडजनाले हेर्ने गर्छन् । हालसम्म यसमा संसारका ३१ लाख (होटल, रेस्टुरेन्ट, विविधि आकर्षक गन्तव्य) का बारेमा १७ करोडवटा समीक्षा र विचार प्रकाशित भइसकेका छन् ।

सन् २००० मा अमेरिकामा स्थापना भएको ट्रिप एडभाइजर पब्लिक कम्पनी हो । यसले अमेरिका, एसिया, अफ्रिका, मध्यपूर्व, युरोप, एसिया प्रशान्त क्षेत्रलाई समेटेको छ । २ हजार ७ सय ९३ जनालाई रोजगारी दिएको यसले २०१४ मा १ अर्ब २४ करोड ६० लाख अमेरिकी डलर (१ खर्ब ३२ अर्ब ७ करोड ६० लाख रुपैयाँ) आम्दानी गरेको थियो ।

प्रकाशितः २०७२ चैत्र १०

वि.सं.२०७२ चैत १० बुधवार ११:४० मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...