
काठमाण्डौं । महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि ती होटल करका शीर्षकसहित विवरण लिएर आउने क्रम बढेको छ । ह्यायात, र्याडिसन, शङ्कर, साङ्ग्रिला, मल्ल र याक एन्ड यति होटलले अहिले कर तिर्नका लागि विवरण पेश गरेका छन् ।
ठूला होटलले नियमित रुपमा कर बुझाउने हो भने एक होटलले वार्षिक करिब १० लाखदेखि १२ लाखसम्म कर तिर्नुपर्ने हुन्छ । सोल्टी होटल बाहेक अन्य होटलहरु यस्ता कर तिरेका छैनन् ।
समयमा कर नबुझाउनेलाई महानगरपालिकाले स्थानीय स्वायत्तशासन ऐन, २०५५ को दफा १६५ ९२० बमोजिम चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी रोक्का गर्ने तथा महानगरपालिका अन्तर्गत हुने विभिन्न किसिमका कामको सिफारिस नगर्ने लगायतका कारबाही गर्न सक्नेछ ।
१० चैत, २०७२, ९.००
वि.सं.२०७२ चैत १० बुधवार ११:४४ मा प्रकाशित