
सुर्खेत । काँक्रेबिहार विकास बैंकले यहि चैत १४ गतेबाट साधारण तथा संस्थापकगरी ७९ हजार ७ सय ४३ कित्ता हकप्रद शेयर लिलामी गर्ने भएको हो । बैकको शेयर बिक्री प्रबन्धकमा ग्रोमर मर्चेण्ट बैंकर रहेको छ ।
आवेदकले न्यूनत्म प्रतिकित्ता एक सय रुपैयाँका दरले सय कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । चैत २२ गते दिउँसो तीनबजेसम्म ग्रोमर मर्चेण्ट बैंकर दरबारमार्गमा आवेदन दिन सकिनेछ ।
बैंकले १४ हजार ९ सय ३८ कित्ता साधारण तथा ६४ हजार ८ सय ५ कित्ता संसथापक हकप्रद शेयर लिलामीमा राखेको छ । गत कात्तिकमा बैंकले निष्काशन गरेको पचास प्रतिशत अर्थात दश बराबर पाँच कित्ता शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलामीमा लगेको हो ।
११ चैत २०७२, ११.००
वि.सं.२०७२ चैत ११ बिहीवार ११:३७ मा प्रकाशित