
हरिशरण न्यौपाने ।
प्यूठान (खलंगा) ।
पर्यटनमन्त्री आनन्द पोखरेलले भूकम्पपछिको पुननिर्माण सरकारको पहिलो प्राथमिकतामा रहेको भन्दै दाताहरुको सर्तलाई सरकारले नमान्ने र दाताहरुलाई पनि सर्त नराख्न चेतावनी दिए । नेपाल पर्यटन बोर्ड र सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालको संयुक्त आयोजनामा लुम्बिनीदेखि प्यूठानको स्वर्गद्वारीसम्म आन्तरिक पर्यटन प्रबद्र्धनको फार्म टुर अन्तर्गत प्यूठानको सदरमुकाम खलङगामा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।
उनले भने, ʽहाम्रो जोड भूकम्पको पुननिर्माणमा छ, जुन चुनौतिपूर्ण छ, त्यस कार्यमा हामीले केहि समय घोत्लिनु पर्छ । मैले संयुक्त राष्ट्रसंघमा एडीबी, आइएमएफ संग भनेँ हामीले भूकम्पछिको पुननिर्माण गर्न सकेनौं, किन सकेनौं ? भने तिमीहरुले अगाडि सारेको सर्तका कारणले गर्दा हामीले सकेनौं ।ʼ पोखरेलले भने । ʽअन्तर्राष्ट्रिय एजेण्डाको आधारमा अतिकम विकसित र विकासशिल राष्ट्रलाई बन्दी नबनाईयोस् । अहिले वल्र्ड बैंक जुन पैसा दिंदैछ हामीलाई त्यो पैसा विभिन्न स्कूलमा जाँदैछ, उनीहरुको सर्त पूरा गर्दा त्यो स्कूल बनाउन कति वर्ष लाग्ने हो ?ʼ मन्त्री पोखरेलले प्रतिप्रश्न गरे ।
ʽउनीहरुले हामीलाई दिएको कि हामीलाई हैटी बनाउन खोजेको ? उनीहरुको सर्त नमान्दा उनीहरुको पैसा नीजि घर बनाउन जान नसकेको भन्दै मन्त्री पोखरेलले दाताहरुले हामीलाई पछाडि पार्ने काम गरेको आरोप लगाए । उनले भने, ʽआज दाताहरुको जुन सहयोग छ त्यो हाम्रा लागि बाधक छ । दाताको सर्तको विरुद्ध यो सरकार जुध्ने, त्यसका लागि हाम्रा प्रधानमन्त्री तयार हुनुहुन्छ ।ʼ स्वाभिमान अर्थतन्त्र र राष्ट्र बनाउन सरकार लागेको उनको भनाई थियो ।
मन्त्री पोखरेलले सरकारले ७५ जिल्लामा हवाईजहाज पु¥याउने लक्ष्य राखेको भन्दै विमानस्थल निर्माणका लागि लालपूर्जा उपलब्ध गराउन स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
मन्त्री पोखरेलले विमानस्थल बनाउने भनेर सरकारका नाममा लालपूर्जा उपलब्ध गराए ७५ वटै जिल्लामा हवाइजहाज सेवा उपलब्ध गराउने बताए ।
मन्त्री पोखरेलले भने, ʽहामी जग्गा किन्दैनौं, स्थानीय जनता, स्थानीय सरकारले दिनुपर्छ । सरकार एक हातले लिन्छ, अर्काे हातले दिन्छ, स्थानीयको सहभागीता सहितको विकास सरकारको प्राथमिकतामा छ । नेपाल सरकारको सोच ७५ जिल्लामा हजाईजहाज पु¥याउने रहेको छ, एकैचोटी सकिन्न क्रमिकरुपमा कार्य अगाडि बढाइनेछ । तपाईहरु सरकारको नाममा लालपूर्जा दिनुस्, एयरपोर्ट बन्छ ।ʼ
प्यूठानको चाल्नाटार विमानस्थल निर्माणमा जग्गा उपलब्ध गराईए आफुले तत्काल त्यसको काम अगाडि बढाइदिने उनको प्रतिबद्धता थियो ।
नेपालका हरेक पहाड आकर्षक भ्यूटावरको रुपमा रहेको भन्दै पर्यटक आकर्षित गर्ने ती पहाडहरुमा ४० फिट अग्ला भ्यू–प्वाईन्ट निर्माण सरकारको प्राथमिकतामा रहेको मन्त्री पोखरेलले बताए । आगामी वर्ष विभिन्न प्रदेशमा ७ वटा भ्यू प्वाईन्ट निर्माण गरिने उनको भनाई थियो ।
मन्त्री पोखरेलले आगामी वर्षभित्रै संघीय संरचनाअनुरुपका प्रत्येक प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यहरुको घोषणा गर्ने बताए । सो अवसरमा मन्त्री पोखरेलले प्रदेश नं ५ अन्तर्गत स्वर्गद्वारी–जलजला पर्यटन विकास समिति बनाउने घोषणा पनि गरे ।
अहिलेको सरकार बोलेर भन्दा पनि काम गरेर जनतालाई देखाउन चाहन्छ भन्दै उनले प्राथमिकतामा परेका र कार्यान्वयनमा लैजानसक्ने योजनालाई सरकारले सहयोग गर्ने बताए । र सोहि अनुरुप कार्यक्रम तथा योजना अगाडि बढाउन उनले स्थानीय निकायलाई निर्देशन पनि दिए ।
कार्यक्रममा नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले ज्ञानमा आधारित काम र अरुको मन जितेर आफ्ना ठाउँ, आफ्ना शिप, शैली रहनसहन बसाई प्रबद्र्धन गरेर बिक्री गरेर जीवस्तर माथि उठाउने जिल्ला राष्ट्रको आय माथि उठाउने विशेष व्यवसाय भएको बताए । सोहीअनुरुप सबैले पर्यटनको प्रचारप्रसार गर्न सुझाए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य राजेन्द्र प्रसाद सापकोटाले प्यूठानको स्वर्गद्वारीलाई आन्तरिक पर्यटकीय हबकोरुपमा विकास गर्न बोर्डले सबै कार्य गर्ने र आवश्यक प्रबद्र्धन कार्य गरने बताए । स्वर्गद्वारीको पर्चा पम्प्लेट, वेभसाईट निर्माणसँगै आवश्यक कार्य गरिरहेको बताए ।
कार्यक्रममा नाट्टाका बरिष्ठ उपाध्यक्ष सिएन् पाण्डेले भएका सम्पदाको बढिभन्दा बढि प्रचार गरी धेरै पर्यटक भित्र्याएर उत्पादन, रोजगारी, राजश्व र आय बढाउने कार्य गर्नुपर्ने धारणा राखे ।
त्यस्तै सोट्टो नेपालका अध्यक्ष यमबहादुर खड्काले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र त्यस आसपासका उत्कृष्ट पर्यटकीय स्थलको प्रबद्र्धन गर्न व्यवसायीहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफुहरुले प्रबद्र्धनात्मक प्याकेज अगाडि बढाएको बताए ।
लुम्बिनी,पाल्पा, गुल्मी, अर्घाखाँची देखि प्यूठानको स्वर्गद्वारीसम्मका पर्यटकीय र त्यसको महत्वबारे सरोकार पक्षलाई झकझक्याउन पनि आफुहरुले पार्म टुरको आयोजना गरिएको बताए ।
कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी तथा प्रतिनिधिहरुले पर्यटनको विकासलाई वर्गीकरण गरेर प्राकृतिक, धार्मिक, ग्रामिण कुन खालको पर्यटन छ त्यसको विकासमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
प्यूठान स्वर्गद्वारी विकास केन्द्र नेपालको समन्वयमा जिविस प्यूठान, प्यूठान उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ प्यूठान, गैर सरकारी संस्था प्यूठान, स्वर्गद्धारी यातायात व्यवसायी समिति, होटल व्यवसायी संघ प्यूठानको आयोजनामा भएको कार्यक्रमका अतिथि एवं फार्म टुरमा सदस्यहरुलाई मायाको चिनोस्वरुप स्वार्गद्वारी महाप्रभुको प्रतिमा प्रदान गरिएको थियो ।
११ चैत २०७२/ ११:४१
वि.सं.२०७२ चैत ११ बिहीवार ११:४५ मा प्रकाशित